तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट भएको मृतकको संख्या थपिएको छ । स्वास्थ्य तथा जनसंख्याले ६१८ जना मृतक थपिएको जनाएको छ ।

मन्त्रालयका अनुसार कोभिड १९ को सङ्क्रमणबाट हालसम्म दुई हजार ६६ जना सङ्क्रमितको मृत्यु भएको छ । थपिएका मृतकसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या दुई हजार ६८४ पुगेको हो ।

कोभिड १९ सम्बन्धी प्रेस ब्रिफिङ्गको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६१८ जना मृतक थपिएको बताउनुभयो । उहाँका अनुसार नेपाली सेनाले शव ब्यवस्थापन गर्दा आएको तथ्याङ्क र मन्त्रालयको तथ्याङ्कबारे बिस्तृत अध्ययनपछि नेपालमा हाल दर्ता गरिएको मृतकको संख्याभन्दा ६१८ जना थपिएका हुन् ।

मन्त्रालयले यसअघि दुबै निकायबाट मृतकको फरक तथ्याङ्क आएपछि समिति गठन गरेको थियो । उक्त समितिले कोभिड १९ सम्बन्धी उच्च स्तरीय समितिमा आफ्नो प्रतिबेदन बुझाएको थियो । प्रतिबेदनको आधारमा मृतकको संख्या थपिएको प्रवक्ता गौतमले प्रष्ट्याउनुभयो ।

शव ब्यवस्थापनका लागि तयार गरिएको निर्देशिका बमोजिम नेपाली सेनाले शव ब्यवस्थापन गर्दा मृतकको तथ्याङ्क स्वास्थ्य मन्त्रालयले अद्यावधिक गर्न सकेको थिएन । बिरामीको दाह संस्कारपछि मात्रै कोभिड पोजिटिभ भएको प्रतिवेदन आएको घटनाहरु समेत उक्त तथ्याङ्कमा जोडिएको प्रवक्ता गौतमले खुलाउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …