तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कोरोनाभाइरसको खोप लगाउने कि नलगाउने भन्ने निर्णय गर्नुपर्ने बेलामा उनको गर्भधारणको दोस्रो त्रैमासिक थियो। अमेरिकाको भर्जिनियास्थित एउटा सहरमा स्वास्थ्यकर्मीका रूपमा कार्यरत भएकाले उनी खोप लगाउन योग्य थिइन्। तर डा. म्याथ्युको मनमा थुप्रै प्रश्नहरू थिए। “एकातिर प्राथमिक सेवाको चिकित्सक भएकाले कोभिड-१९ सङ्क्रमणको उच्च जोखिममा थिएँ,” उनले भनिन्। “अर्कोतर्फ गर्भवती महिलालाई खोप लगाउँदा कति सुरक्षित छ भन्ने तथ्याङ्क हामीसँग छैन।”

गर्भवती महिला र खोप

 विश्व स्वास्थ्य सङ्गठनले फाइजर-बायोएनटेक र मोर्डनाले विकास गरेका खोपहरू लगाउनेबारे सुझावहरू प्रकाशित गरेको छ। त्यसमा अहिलेका लागि गर्भवती महिलालाई खोप लगाउन सुझाइएको छैन। नसुझाइएको खोपले हानि पुर्‍याएका प्रमाण भएर होइन कि त्यसबारे तथ्याङ्कको कमीका कारणले हो। तर गर्भवती महिलाहरू कोरोनाभाइरस सङ्क्रमणको उच्च खतराबाट जोगिनै नसक्ने अवस्थामा छन्। त्यस्तो बेला स्वास्थ्य सेवा प्रदायकसँग खोपबारे छलफल गर्न सकिने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

सङ्गठनले गर्भवती भएका बेला कोभिड-१९ को खतराबारे पनि उल्लेख गरेको छ।

“गर्भवती नभएका महिलाहरूभन्दा गर्भवती महिलाहरू कोभिड-१९ को उच्च जोखिममा छन्, समय नपुग्दै बच्चा जन्मने खतरा पनि कोभिड-१९ सँग सम्बन्धित छ,” सङ्गठनको निर्देशिकामा भनिएको छ।

डा. म्याथ्युले पनि आफ्ना चिकित्सक र गर्भवती रहेका अन्य सहकर्मीहरूसँग यसबारे छलफल गरिन्।

“खोप लगाउँदा हुनसक्ने अज्ञात जोखिम र खोप नलगाउँदा कोभिड-१९ ले मेरो गर्भलाई पार्ने जोखिम विचार गर्दा के गर्ने भन्ने निर्णय मेरा लागि स्पष्ट थियो,” म्याथ्युले भनिन्।

उनले ज्यानुअरीमा खोपको पहिलो मात्रा लिइन् र अर्को मात्रा फेब्रुअरीमा लिने छिन्।

अन्य महिलाहरूले भने फरक निर्णय लिइरहेका छन्।

अमेरिकाको दक्षिण पश्चिममा रहेको ओहायोकी जोआना सुलिभानको बच्चा आउँदो जुनमा जन्मिनेछ। बच्चा नजन्मिँदासम्म खोप नलगाउने योजनामा उनी छिन्।

तथ्याङ्कले के भन्छ?

 अहिलेसम्म खासै तथ्याङ्क छैन। “प्रयोगका लागि अनुमति दिइएका खोपहरूको परीक्षण गर्भवती महिलामाथि गर्न अझै बाँकी छ, तर पनि त्यसको प्रभावकारिता उच्च रहने र सुरक्षित हुने विवरणहरू छन्,” जोन्स हप्किन्स बर्मन इन्स्टिच्युट अफ बायोएथिक्स विषयमा प्राध्यापक गर्ने कार्ली रूबिनरले भनिन्। खोपले गर्भवती र स्तनपान गराउने महिलालाई खतरा हुन्छ भन्ने कुनै प्रमाण छैन। के मात्रै हो भने त्यसबारे अहिलेसम्म अध्ययनहरू भएका छैनन्। फाइजरले गर्भवती र स्तनपान गराउने महिलालाई खोपको परीक्षणमा सामेल गरेको थिएन।

गर्भवती महिलालाई किन समावेश गरिएन?

 विज्ञहरू यसलाई सामान्य मान्छन्। “महामारी नभएको समयमा, यदि हामीले नयाँ कुनै खोपको प्रारम्भिक परीक्षणहरूमा गर्भवती महिलालाई समावेश गर्ने कुरा गरेको भए सबैले समावेश गर्न हुँदैन भन्थे”, जोन्स हप्किन्सकै अर्का बायोएथिशिष्ट डा. रुथ फाडेनले भने।

बायोएथिक्समा गर्भवती महिलालाई “जटिल जनसङ्ख्या” अन्तर्गत राखिने डाक्टर फाडेनले बताए। “इबोलाका बेला कङ्गोमा खोप कार्यक्रम थालिएपछि सुरुमा गर्भवती र स्तनपान गराउने महिलालाई खोप दिइएको थिएन,” कार्लिले भनिन्। पछि स्तनपान गराउने महिलाहरूले खोप लगाउनका लागि अनावश्यक र सम्भावित हानी पुर्‍याउने जोखिम मोलेर खोप कार्यक्रम भएका ठाउँमा पुगे। उनी भन्छिन्, “अहिले तथ्यहरूको अभावका बेला धेरैले फाइदा धेरै हुने र सुरक्षित खोप लगाउन अघि नसरेका हुन्।”

 यसबारे कस्तो उपाय?

गर्भवती भएका बेला खोप लगाउने कि नलगाउने भनेर फरक देशले फरक तरिका अपनाइरहेका छन्। “उपलब्ध तथ्यहरूले गर्भवती महिलामा सुरक्षासम्बन्धी चासो वा त्यसको हानिबारे केही सङ्केत नगरे पनि त्यस्तो बेला कोभिड-१९ को खोपको नियमित प्रयोग सुझाउन पर्याप्त प्रमाण छैन,” रोयल कलेज अफ अब्स्ट्रेटिसियन एन्ड गाइनोकोलोजिष्ट आरसीओजीले भनेको छ। स्तनपान गराउने महिलाले प्रयोग गर्न हुने वा नहुने भन्ने बारे आरसीओजीले “कुनै खतरा थाहा नभएको” र पर्याप्त तथ्यहरू थाहा नभएकोबारे महिलालाई भन्नुपर्ने जनाएको छ। अन्य देशहरू जस्तै इजरेलमा भने उच्च जोखिममा रहेका गर्भवती महिलालाई खोप दिने सूचीको प्राथमिकतामा राखिएको छ। तर भारतमा भने गर्भवती र स्तनपान गराउने महिलालाई थप अध्ययन नगरिँदासम्म खोप नदिइएको बताइएको छ।

स्रोत बिबिसी 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …