तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

जनवरी २३ सम्म छ करोड भन्दा बढी मानिसले खोपको केही मात्रा लिइसकेका छन्। तर अन्य देशहरूले आफ्नो अभियानलाई तीव्र बनाउने प्रयास गर्दा पहिला थाहा नभएका कैयौँ विषयबारे कुराहरू आइरहेका छन्। अहिलेसम्म पनि खोपबाट प्राप्त हुने प्रतिरोध क्षमता कति समय रहन्छ वा विश्वभरि देखा परेको नयाँ खालको भाइरसविरुद्ध खोप प्रभावकारी हुन्छ कि हुँदैन भन्ने प्रश्नहरू उठेका छन्।

खोपबाट कति समय प्रतिरोधी क्षमता प्राप्त हुन्छ?

 कोरोनाभाइरस सङ्क्रमण भएपछि वा खोप लगाएपछि हामीमा कस्तो प्रतिरोध क्षमता विकास हुन्छ भन्ने प्रश्न हालैका महिनाहरूमा हामीले सुन्दै आएका छौँ। महामारी सुरु भएको एक वर्षपछि मध्यम-दीर्घकालमा हुने प्रतिरोध क्षमताबारे पहिलो अध्ययन प्रकाशित भएको छ। खोपले कोभिड-१९ विरुद्ध कति लामो समयसम्म प्रतिरक्षा गर्छ भन्ने स्पष्ट छैन खोप विकास गर्न लागेको समयका कारण पनि लामो समयावधिको अध्ययन हुन सकेको छैन। तर क्यालिफोर्नियास्थित ल होया इन्स्टिट्यूट अफ इम्यूनोलजीका अनुसार कोरोनाभाइरसको सङ्क्रमणबाट निको भएको कम्तीमा छ महिनासम्म पनि कैयौँ प्रतिरोधात्मक प्रतिक्रियाहरू देखा परेको पाइएको छ।

पब्लिक हेल्थ अफ इङ्ग्ल्यान्डले कोभिड-१९ भएका व्यक्तिहरू कम्तीमा पाँच महिनासम्म सुरक्षित रहने बताएको थियो। कतिपय वैज्ञानिकहरू विकसित प्रतिरोध क्षमता अझ धेरै समय वा वर्षसम्म कायम रहन सक्ने ठान्छन्। तर सबै बिरामीको हकमा अवस्था एउटै नहुन सक्छ।

प्रत्येक मानिसले थोरै वा धेरै सुरक्षा प्राप्त गर्न सक्छन् जसको आधारमा पुन: सङ्क्रमणको सम्भावना निर्भर रहन्छ। यूनिभर्सिटी अफ लेस्टरका भाइरसविज्ञ डा. जुलियन टाङ भन्छन्, “हामीले भर्खरै खोप दिन थालेकाले कति समय प्रतिरोध क्षमता कायम रहन्छ भन्न सकिँदैन। यो बिरामी र खोपको प्रकारअनुसार फरक पर्न सक्छ तर सम्भवतः छदेखि १२ महिनासम्म रहन्छ।”

तर संयुक्त राज्य अमेरिकाको मायो क्लिनिकका मलेक्यूलर मेडिसिनका प्राध्यापक एन्ड्रू ब्याड्ली आशावादी छन्।

“मलाई खोपको प्रभाव र प्रतिरोध क्षमता कैयौँ वर्षसम्म देखा पर्छ भन्ने लाग्छ। नयाँ प्रकारको सङ्क्रमणका घटना देखा परेका व्यक्तिबारे विस्तृत विश्लेषण गर्नुपर्छ र बिरामीहरूले खोपपछि कस्तो प्रतिक्रिया जनाउँछन् त्यो हेर्नुपर्छ।”

उनी खोप लगाएका व्यक्तिबाट अरूलाई भाइरस सर्ने सम्भावना पनि कम हुने विश्वास गर्छन्।

 के खोपले नयाँ परिवर्तनशील कोरोनाभाइरसबाट जोगाउँछ?

यो चिन्ताको विषय हो। भाइरसहरूमा निरन्तर उत्परिवर्तन भइरहन्छ। कुनै बेला खोपले भाइरसविरुद्ध काम नगर्न सक्छ। त्यसो यो भने खोप नै फेर्नुपर्छ। ब्रिटेन र दक्षिण अफ्रिकामा फेला परेका कोरोनाभाइरसका नयाँ भेरीअन्ट अर्थात् प्रकारहरू अन्य देशमा पनि फैलिसकेका छन्। त्यस्ता प्रकारका कोरोनाभाइरस बढी सङ्क्रामक भएको मानिएको छ।

के परिवर्तनले कोरोनाभाइरसलाई झन् घातक बनाउँछ?

गत साता मोडेर्नाले आफ्नो खोप संयुक्त अधिराज्य र दक्षिण अफ्रिकामा देखिएका नयाँ प्रकारका कोरोनाभाइरसविरुद्ध पनि प्रभावकारी रहेको घोषणा गरेको छ। पछिल्लो प्रकारका लागि उसले सुरक्षा बढी दिने नयाँ प्रकारको थप खोप उत्पादन गर्ने पनि भनेको छ।

फाइजर/बायोएन्टेकले पनि उनीहरूको खोप नयाँ प्रकारको कोरोनाभाइरसमा काम गर्ने दाबी गरेका छन्। डा. ब्याड्ली भन्छन्, “अहिले स्वीकृति पाएका खोपहरू एकदमै प्रभावकारी छन्, तर ती सुरुसुरमा देखा परेको वा नयाँ प्रकारको भाइरसविरुद्ध शत प्रतिशत प्रभावकारी छैनन्।” डा. टाङला भनाइमा खोपको सुरक्षा नयाँ प्रकारको भाइरस कसरी पुरानोभन्दा फरक छ भन्नेमा निर्भर रहन्छ।

सङ्क्षेपमा भन्नुपर्दा सरकार र स्वास्थ्य विभागहरूले नयाँ प्रकारका भाइरसको अनुगमन र पहिचान गरी तीविरुद्ध कुन विधि उपयुक्त हुन्छ भन्ने निर्णय गर्नुपर्छ।

बीबीसीको सहयोगमा 

 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …