तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अमेरिका तथा युरोपका बिभिन्न देशमा कोरोना महामारीको दोस्रो लहर फैलिएको छ । हिंजोमात्र कोरियामा लगभग एकहजार संक्रमितको पहिचान भयो । कोरियाका अधिकारीहरुले यो तेस्रो लहर हुनसक्ने अनुमान गरेका छन् ।

नेपालमा कोरोना महामारीको छाल केहि सेलाएको छ ।यो महामारीलाई नियन्त्रण गर्नको लागि हामी सबैले आफ्ना स्वार्थ तथा मोहलाई छोडेर समाजको लागि योगदान गर्नु अपरिहार्य बनेको छ ।

के गर्ने त दोस्रो लहर रोकथामको लागि ?

१०० दिन मास्क अभियान

सरकारी तथा गैह्र सरकारी निकायले १०० दिन मास्क अभियान संचालन गरौँ ।यो १०० दिनसम्म सुरक्षाकर्मीले मास्क प्रयोग भए / नभएको ब्यापक अनुगमन गर्ने, लापरबाही गर्नेलाई जरिवानाको ब्यबस्था गर्ने ।सामाजिक संघ संस्थाले स्वयंसेवीको रुपमा मास्क वितरण तथा मास्क लगाउन अनुरोध गर्ने । संचार माध्यमले मास्क अभियान संचालन गर्ने । घरबाहिर निस्किने हरेक व्यक्तिले जिम्मेवार भएर अनिबार्य रुपमा मास्क लगाउने ।

पठनपाठन बारे

सरकार तथा नागरिक दुवै पक्ष परीक्षणमा उदासिन देखिएको अवस्था छ । परीक्षण न्यून भएकोले तथा परीक्षण गर्नेले औपचारिक कामको लागि परीक्षण गरेको हुँदा समुदायमा संक्रमणको बास्तबिक अवस्था के छ भनेर भन्न सकिने अवस्था छैन ।यस्तो अवस्थामा बिद्यालय तथा कलेज यथास्थितिमा संचालन गर्ने अर्थात अनलाइन / अफलाइन पढाइको निरन्तरता दिनु उपयुक्त हुन्छ ।घटीमा पौष र माघ स्कुल / कलेज नखोल्नु जनस्वास्थ्यको दृष्टिकोणले सुरक्षित हुनेछ ।बिद्यालय खुलेपछि बिभिन्न ठाउँका हजारौं बिद्यार्थी एकै स्कुलमा हुँदा संक्रमण सर्ने, त्यो संक्रमण घरघरमा पुगेर जेष्ठ नागरिक तथा दीर्घबिरामीलाई सर्ने जोखिम हुन्छ ।

यस्तो भीडभाडले महामारीको दोस्रो लहर आउने सम्भावना हुन्छ । तसर्थ २ महिना स्कुल बस तथा सौचालयको संख्या थप्ने, हरेक कक्षामा भेन्टिलेसनको ब्यबस्था गर्ने, दुरी कायम गर्नको लागि कक्षा कोठा मिलाउने, क्यान्टिन फराकिलो बनाउने तथा मास्क / स्यानिटाइजर / पानी / साबुन / आइसोलेसन कक्ष आदिको ब्यबस्था गर्ने लगायतका तयारी गर्नुपर्ने हुन्छ ।

मालपोत, यातायात कार्यालय, वडा, बिद्युत महाशुल तिर्ने काउन्टर लगायत ठाउँमा भीडभाड हुन नदिने ।यसको लागि बैंकको जुनसुकै काउन्टरबाट कर तिरेपछि स्वत : नवीकरण हुने र छाप १०० दिनभित्र लगाए हुने ब्यबस्था गर्ने, लामा बस जोर / बिजोर दुवै संचालन गर्ने, सार्वजनिक बसमा मापदण्ड अनुगमनको ब्यबस्था गर्ने, भोजभतेर / जमघट आदि हुन नदिने ।

त्यसको अनुगमन तथा निगरानी गर्ने ।जेष्ठ नागरिक तथा दीर्घ बिरामी ( दम, मधुमेह, मुटु र किड्नीको समस्या भएका ) यो ३ महिना घरभित्र बस्ने र घरभित्र पनि परिवारका अन्य सदस्यसंग घुलमिल नहुने।

वर्क फ्रम होम र डिजिटल सर्भिसलाई सरकारी तथा निजि क्षेत्रले अद्यावधिक गर्ने, घर / छिमेक / अफिसमा कुनै व्यक्तिलाई कोरोना संक्रमणको लक्षण देखिएमा परीक्षण गर्न तथा आइसोलेसंमा बस्नको लागि प्रेरित गर्ने, रुघाखोकी लागेपनि सेल्फ आइसोलेसंमा बस्ने, कडा लक्षण देखिएका संक्रमितलाई अस्पताल जान प्रेरित गर्ने।

संक्रमितलाई अक्सिमिटर / थर्मोमिटर / मास्क / स्यानिटाइजर / गाइडलाइन आदिको स्थानीय निकायले प्रबन्ध गर्ने, होम आइसोलेसनको अनुगमन / निगरानी गर्ने । भीड हुने ठाउँका पसललाई नम्बर दिएर जोर / बिजोर गरेर खोल्ने ।

फुटपाथ तथा तरकारी बजारलाई टुँडिखेल, भृकुटीमण्डपजस्तै खुला ठाउँमा ब्यबस्थित रुपमा राख्ने। अत्यावश्यक यात्रा नगर्ने, सरकारी तथा गैह्र सरकारी कार्यालय खोल्ने / बन्द गर्ने समय २ घण्टा फरक गरेर ट्राफिक जाम तथा बस स्ट्याण्डको जामलाई न्यूनीकरण गर्ने, बन्द कोठामा बैठक, भेटघाट, भेला आदि नगर्ने।

झ्यालढोका खोलेर भेन्टिलेसन यथासम्भव बढाउने, जनस्वास्थ्यका मापदण्डलाई थप प्रभावकारी बनाउन महजोडीजस्ता लोकप्रिय कलाकारमार्फत बिज्ञापन / टेलिफ्लिम बनाएर प्रकाशन / प्रसारण गर्ने, सबैजनाले ‘ म संक्रमित हुँदैन ‘, ‘ मेरो परिवार संक्रमित हुँदैन ‘ भन्ने प्रण गरेर मास्क, दुरी र सफाइमा बिशेष ध्यान दिने ।

सिमा /नाकामा एन्टिजेन टेस्ट गरेर संक्रमितलाई आइसोलेसन र संक्रमण नभएका व्यक्तिलाई भित्र आउन अनुमति दिने, यी र अन्य जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्ने / गराउनेमा सबै जागरुक बनौं । कोरोना महामारीको दोस्रो लहर रोकथामको लागि सबैजना सम्बेदनशील भएमा हामी खोपको बिन्दुमा पुग्नेछौं ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …