बर्दिया — कैलालीको श्रीलंका पोस्टमा कार्यरत दुई सशस्त्र प्रहरी जवानविरुद्ध बलात्कार र यौन दुर्व्यवहार आरोपमा उजुरी परेको छ ।
१९ वर्षीया युवतीका ससुरा र १४ वर्षीयाकी आमाले दुवै जवानविरुद्ध इलाका प्रहरी कार्यालय राजापुरमा बुधबार जाहेरी दर्ता गराएका हुन् ।
भदौ १५ गते बिहान कर्णाली नदीमा माछा मारेर फर्कंदा १९ वर्षीया युवतीमाथि बलात्कार र उनकी बहिनीमाथि जबरजस्ती करणी उद्योग दाबीसहित उजुरी परेको डीएसपी मीन घलेले बताए ।
राजापुर–४, फत्तेपुरस्थित नर्सरीमा उनीहरूलाई बलात्कार र यौन दुर्व्यवहार गरेको जाहेरीमा उल्लेख छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …