तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं  – लागू औषध अफिम सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण व्यूरो, कोटेश्‍वर, काठमाण्डौ र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले शनिवार ३ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका वडा नं. ६, स्कूलमार्ग स्थितबाट जिल्ला पुर्वी रुकुम पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १ बस्ने वर्ष ५० का गज पुन, वर्ष ४० का चक्कर बहादुर पुन र गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा नं. ६ बस्ने वर्ष २४ का रबि गुरुङ रहेका छन् । 

पक्राउ परेका गज पुन लामो समय देखि पुर्वी तथा पश्‍चिम रुकुम जिल्लाहरुमा अवैध लागू औषध अफिमको कारोवारमा सक्रिय भएको समेत खुलेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट अवैध लागू औषध अफिम १० के.जी. ५०० ग्राम र लागू औषध तौल गर्ने डिजिटल तराजु बरामद गरिएको प्रहरीको भनाइ छ ।

उनीहरूमाथि जिल्ला प्रहरी कार्यालय कास्कीबाट लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको समेत प्रहरीले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …