तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बझाङको मष्टा गाउँपालिकामा १२ वर्षिया एक बालिकाको बलात्कार पछि हत्या भएको भन्दै बालिकाका हजुरबुबाले किटानी जाहेरी दिएका छन् । 

बुधबार साँझ गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी बालिकाको जबरजस्ती करणी गरी हत्या गरेको भन्दै शुक्रबार मृतक बालिकाका हजुरबुबाले जिल्ला प्रहरी कार्यालय बझाङमा किटानी जाहेरी दिएका हुन् ।

मृतकका हजुरबुबाले घटना पश्चात प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका मष्टा घर भएका राजेन्द्र बोहराको नाममा जवरजस्ती करणी गरी हत्या गरेको अभियोगमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले बताए । 

किटानी जाहेरी दर्ता भइसकेको हुँदा घटनाको तिब्र रुपमा अनुसन्धान भइरहेको भन्दै उनले अपराधी उम्केर भाग्न नसक्ने डिएसपी खड्काको भनाइ छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …