तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

 

तनहुँ । व्यक्ति हत्या र लुटपाटमा संलग्न रहेको अभियोगमा तनहुँ प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं १ का ४६ वर्षीय शिव गौतम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

शुक्रबार बिहान शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ स्थित कुम्ले खोलाका ६० वर्षीय तेज कुमारी ढकालको हत्या गरी उनी फरार भएका थिए । ढकालको आफ्नै घरभित्र भुईँमा दुबै हात,खुट्टा र घाँटीमा कपडा (सल) ले बाँधिएको अवस्थामा  शव फेला परेको थियो ।

घटनाको जानकारीपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी उपरीक्षक अरुण पौडेल समेतको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गर्दा शरीरको बिभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या भएको खुलेको सूचना अधिकारी युवराज तिमल्सिनाले जानकारी दिए ।

हत्यापछि लुटपाट समेत गरी फरार गौतमलाई शुक्रबार दिउँसो व्यास नगरपालिका २ स्थित सहिद गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …