तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बारामा २ किलोग्रामक लागूऔषध अफिमसहित सोमवार एक वृद्धलाई सशस्त्र प्रहरीले पक्राउ परेको छ ।

पक्राउ पर्नेमा पचरौता नगरपालिका–६ पकडिया बस्ने ६० वर्षीय सहजमान मिया अन्सारी रहेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेडक्वार्टर बारा उत्तरझिट्कैयाले गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक रोविनराज कर्णजितले जानकारी दिए ।

विशेष सुराकीका अधारमा अन्सारी भारतीय सिमानासँग टाँसिएको वडा नम्बर ४ इनर्वास्थित पिलर नम्बर ३६६/६ स्थित दशगाजा क्षेत्रबाट पक्राउ गरिएको उपरीक्षक कर्णजितले बताए ।

अन्सारीमाथि शंका लागेपछि चेकजाँच गर्ने क्रममा खानतलासी गर्दा निजसँग रहेको लागूऔषध अफिमको १–१ किलोको २ वटा पोका बरामद गरिएको उपरीक्षक कर्णजितको भनाइ छ । पक्राउ परेका अन्सारीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको गणपति कर्णजितले जानकारी दिए ।

अफिमसहित पक्राउ परेका अन्सारीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …