तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बालिका अपहरण गरेको आरोपमा प्रहरीले तीनजनासहित दुईवटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ। 

अपहरण कार्यमा संलग्न भएको भन्दै प्रहरीले पथरी शनिश्चरे नगरपालिका–८ का सुजन रणपहेलीसँगै एम्बुलेन्स चालकहरु पथरी शनिश्चरे–६ का २२ वर्षीय रमण आचार्य र सुनवर्षीका ३६ वर्षीय पूर्णबहादुर तामाङ लाई नियन्त्रणमा लिएको हो।

अपहरणमा परेकी बालिकालाई जवरजस्ती एम्बुलेन्समा लाँदै गर्दा भक्तपुर र काभ्रेको सीमा साँगाबाट प्रहरीले उद्धार गरेको छ। अपहरण कार्यमा संलग्न सुजनले ती बालिका अपहरण गर्न दुईवटा एम्बुलेन्स प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलिप गिरीले बताए।

सुजन बालिकासहित पथरी बजार आएर को २ च २८८२ नम्बरको एम्बुलेन्स चढेर इटहरी पुगेका थिए। त्यहाँबाट को २ च ३१२१ नम्बरको अर्को एम्बुलेन्सबाट काठमाडौ जाने क्रममा साँगाबाट पक्राउ परेको नायब उपरीक्षक  गिरीले बताए।

पीडित परिवारका अभिभावकले छोरी हराएकोबारे प्रहरीमा जानकारी गराएपछि खोजी गर्ने क्रममा दुईवटै एम्बुलेन्स र अपहरणमा संलग्नहरुलाई साँगा भञ्ज्याङ्बाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। नियन्त्रणमा लिइएका तीनैजनालाई अपहरण तथा ज्यान मार्ने र बेच्ने मुद्दामा शुक्रबार म्याद थपिएको गिरीले बताए।

प्रहरीले बालिकावाट दुई लाख रुपयाँ समेत बरामद गरेको छ। बालिकाकी आमाले गएको केही दिनअघि मात्रै पथरी बजारका एक फाइनन्सबाट उक्त रकम ऋण लिएकी थिइन्। सोही रकमको लोभमा सुजनले ती बालिकालाई अपहरण गरेको हुन सक्ने प्रहरीले अनुमान छ। 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …