तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नारायणी अस्पताल वीरगन्जको प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा एक प्रहरी निरीक्षकसहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार ४ सय ४३ जनाको स्वाब परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ३१ जना पर्साका, ८ जना बारा, ४ जना धनुषा, ३ जना महोत्तरी, दुई जना सर्लाही, एक/एक जना काठमाडौं र रौतहटका बासिन्दा हुन् । ५ महिलासहित १५ वर्षदेखि ५६ वर्ष उमेर समूहका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा.चौरसियाले बताए । कन्ट्याक्ट ट्रेसिङको क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगन्जको एक निजी अस्पतालमा कार्यरत थप एक चिकित्सकमा समेत कोरोना देखिएको छ । पर्साको पोखरिया नगरपालिका–३ मा ६ जना र वडा ४ मा चारजना कोरोना संक्रमण पुष्टि भएको छ ।

कालिकामाई गाउँपालिकाको भेडियारीमामा ३ जना संक्रमित थपिएका छन् । वीरगन्ज महानगरपालिका–१४ पिप्रामा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । वीरगन्जको मुर्ली, नगवा, भिस्वा, विर्तामा पनि संक्रमित थपिएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …