तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रबिन्द्र यादव

नवलपरासी पश्चिममा कोरोना भाइरस संक्रमितको संख्या २ सय नाघेको छ । आज (बिहीबार) थप १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या २ सय ५ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

आज थपिएका संक्रमितहरुमा प्रतापपुर गाउँपालिका वडा नं. ४ बस्ने २५, ५० र ३३ बर्षका पुरुष, सरावल गाउँपालिका वडा नं. ४ बस्ने १७ र ४८ बर्षका पुरुष र सोही वडाका ५५ र ४७ बर्षकी महिला रहेका छन् । यस्तै सरावल गाउँपालिका वडा नं.२ बस्ने ६५ बर्षकी महिला र स्वास्थ्य चौकीमा कार्यरत ५३ बर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको छ । यस्तै रामग्राम नगरपालिका वडा नं. ६ बस्ने ३९ बर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका प्रमुख गौरव ढकालले जानकारी दिए ।

१ जनाको मृत्यु

नवलपरासी पश्चिममा हाल सम्म ५ हजार ३ सय ५९ जनाको स्वाब संकलन गरिएको छ । जसमध्ये ४ हजार ७ सय ९ जनाको पिसिआर नजिता नेगेटिभ आएको बताइएको छ। यस्तै अझै ४ सय ४४ जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । यस्तै हालसम्म जिल्लामा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै १ जनाको मृत्यु भएको छ । गत भदौ २ गते नवलपरासी पश्चिमका नेपाली कांग्रेस उपसभापति सुवाशचन्द्र गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना भएका ३८ बर्षिय गिरीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा बिहान ६ बजे मत्यु भएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …