तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

सुशील सुबेदी

चाेरी र जबरजस्ती करणीमा संलग्न दुइ अभियुक्तलाइ लामाे समयपछि प्रहरीले पक्राउ गरेकाे छ ।

इलाका प्रहरी कार्यालय मेलम्चीले दुइ अभियुक्तलाइ पक्राउ गरेकाे हाे । जबरजस्तीकरणीमा संलग्न तत्कालिन मेलम्ची गाविस वडा नम्बर ३ का ३६ बर्षीय उत्तम भनिने भोला बहादुर खड्कालाई लाई १८ वर्षपछि पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो ।

खड्कालाई जिल्ला अदाल सिन्धुपाल्चोकले २०५९ जेठ २२ गते जबरजसती करण मुद्दामा संलग्न रहेको भन्दै १ वर्ष ५ महिना २३ दिन कैदभुक्तानीको फैसला सुनाएको थियो । शुक्रबार जरायोटार स्थित आफ्नै घर नजिकबाट पक्राउ परेका खड्कालाई आज अदालतमा दाखिला गरिएको छ ।त्यस्तै चोरी मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् ।

२०४४ साल असोज १९ गतेको फैसला अनुसार १ महिना १५ दिन कैद तथा ५६ हजार ३ सय ८७ जरिवाना सजाय पाएका साबिक दुवाचौर ७ हाल मेलम्ची नगरपालिका वडा नम्बर ८ का ७८ बर्सिय ग्याम्जो तामाङलाई पक्राउ गरेको प्रहरी निरीक्षक तामाङले जानकारी दिनुभयो । फैसला सुनाएपछी फरार रहेका तामाङलाई जङ्गलमा रहेको अबस्थामा प्रहरी निरीक्षक फल बहादुर तामाङको कमान्डमा खटिएको टोलिले नियन्त्रणमा लिएको र आज अदालतमा दाखिला गरिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …