तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

हरिहरपुरगढी गाउँपालिका ८ का २५ र ३८ वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा जलेश्वर महादेवस्थान मन्दिरका पुजारी पक्राउ परेका छन् ।

गत शनिबार महादेवको पूजा गर्न जलेश्वर महादेवस्थान पुगेका उनीहरूलाई पुजारीले बलात्कार गरेको आरोप लगाएका छन् । प्रतिकार गर्दागर्दै पनि पुजारी जंगबहादुर माझीले स्वास्थ्य, धनसम्पत्ति दिने र सबै किसिमका दुःखहरण हुने भन्दै जबर्जस्तीकरणी गरेको ती महिलाले बताएकी छन् ।

घनाजंगलमा रहेको मन्दिर परिसर पुगेपछि कोरोना संक्रमणको जोखिम हुने भन्दै माझीले पालैपालो पूजा गर्न बोलाएर तन्त्रमन्त्र गरी बेहोस बनाएर जबर्जस्ती गरेको पीडितको आरोप छ । पीडितको किटानी जाहेरी पछि घटनाका आरोपित ३७ वर्षीय माझीविरुद्ध मंगलबार जिल्ला अदालत सिन्धुलीमा जबर्जस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी कारबाही बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आरोपित माझी वडा नं ८ का निर्वाचित वडा सदस्य हुन् । प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले महिला माथि यौन दुर्व्यवहार गर्ने माझीलाई मुद्दा दर्ता गरी अनुसन्धानका लागि सात दिनको म्याद लिएको बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …