तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

केही दिन अघिसम्म सय-डेढ सयको हाराहारीमा देखिएको कोरोना सङ्क्रमण सोमबार ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ४१८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा थप ४१८ जनामा कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ देखिएको जानकारी दिनुभयो । तीमध्ये काठमाडौँ उपत्यकामा मात्र ५१ जना छन् । काठमाडौँमा पनि विगत दिनको तुलनामा यो सङ्ख्या धेरै हो ।

प्रवक्ता डा. गौतमका अनुसार काठमाडौँका ४३, ललितपुरका तीन र भक्तपुरका पाँच गरी कुल ५१ जनामा कोरोना सङ्क्रमण देखिएको हो । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २० हजार ७५० पुगेको छ । हालसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ७३२ रहेको जानकारी उहाँले दिनुभयो  । पछिल्लो २४ घण्टामा थप ३५८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको कुल सङ्ख्या १४ हजार ९६१ पुगेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …