तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपालमा पछील्लो  २४  घन्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । काठमाडौं उपत्यकामा मात्र ३१ जना संक्रमित थपिएका छन् ।

२४ घन्टामा १११ जना डिस्चार्ज भएका छन् । यो सँगै १४ हजार ६०३ जना कोरोना निको भएर घर फर्किएका छन् । प्रवक्ता गौतमले २४ घन्टामा ८ हजार ८६१ परीक्षण गरिएको बताए ।

थप १ को मृत्यु भएको औपचारिक पुष्टि

पर्साको वीरगन्ज महानगरपालिकाकी ६८ वर्षीया महिलाको शनिबार मृत्यु भएको प्रवक्ता गौतमले बताए । उनका अनुसार ज्वरो, खोकी स्वासप्रस्वासमा समस्या भएपछि १४ गते बयोधा अस्पतालमा भर्ना भएकी ती महिलालाई १७ गते शनिबार नारायणीमा रिफर गर्दा बाटोमै मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका पनि बिरामी थिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

नयाँ संक्रमितका जिल्लागत विवरण ।

पर्सा ८१

काठमाडौं २२

सुनसरी १२

मोरङ १६

धनुषा ३५

चिवतन १

महोत्तरी ५

सर्लाही २

बझाङ २

डोटी १२

कैलाली १०

ललितपुर ८

बर्दिया १

दार्चुला १

गोरखा १

रौतहट २

सिन्धुली १

भक्तपुर १

कास्की ५

बागलुङ १

लमजुङ ३

स्याङ्जा ८

तनहुँ २

बर्दिया ९

नवलपरासीपूर्व ३

रुपन्देही १

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …