तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रासस

देशभरमा साेमबार थप १ सय ८६ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ। योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ३६ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा साेमबार यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा चार हजार २ सय १६ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। योसँगै सङ्क्रमितको जम्मा सङ्ख्या १७ हजार ८ सय ४४ पुगेको छ। 

प्रदेशअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या प्रदेश १ मा ९३, प्रदेश २ मा एक हजार ९३३, बागमती प्रदेशमा ३९९, प्रदेश ५ मा ४१०, कर्णाल प्रदेशमा २९९ र सुदूर पश्चिम प्रदेशमा दुई हजार ४१८ रहेको छ । 

प्रवक्ता डा गौतमका अनुसार हाल क्वारेन्टिनमा २२ हजार २ सय २८ जना  छन् । कोभिड–१९ बाट सङ्क्रमण मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको १ सय ७३ छ। हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार ८ सय ६८ रहेको छ। जम्मा सङ्क्रमितमध्ये ६६ दशमलव ५१ प्रतिशत निको भएको उनले बताए। 

सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा बढिरहेका तीन जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन्। हाल एक जना पनि सङ्क्रमित नभएका जिल्लामा भोजपुर, पाँचथर, धनकुटा, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन्।

साेमबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ सङ्क्रमित भेटिएका जिल्लामा सुनसरी, झापा, इलाम, मोरङ, सिराहा, सप्तरी, धनुषा, पर्सा, बारा, काठमाडौँ, सर्लाही, सोलुखुम्बु, ललितपुर, कास्की र लमजुङ रहेका छन् । त्यस्तै तनहुँ, स्याङजा, बाँके, रोल्पा, सल्यान, रुकुम पूर्व, दाङ, दैलेख, सुर्खेत, हुम्ला, कालिकोट, डोटी र कैलालीमा पनि नयाँ सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …