तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपालमा पछिल्लाे २४ घन्टामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।

जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङ यसकाे पुष्टि गरेका हुन् ।

देशभरका २७ वटा प्रयोगशालामा गरिएको ४ हजार २१६ पीसीआर परीक्षणमा थप १८६ जनामा कोरोना भाइरस देखिएको हो ।

जिल्लागत तथ्यांक अनुसार संक्रमित हुनेमा सुनसरीका ६, झापाका १, इलामका १, मोरङका १, झापाका २, सिरहाका १, सप्तरीका ९, धुनषाका २, पर्साका ४, बाराका ४६, काठमाडौँका २, सर्लाहीका २३, सोलुखुम्बुका ४, ललितपुरका १, कास्कीका ८, लमजुङका १ , तनहुँका २, स्याङ्जाका १, बाँकेका २, रोल्पाका ४, सल्यानका ३, रुकुम पूर्वका ७, दाङका ६, दैलेखका २, सुर्खेतका ४, हुम्लाका १, कालिकोटका १, डोटीका ४० , कैलालीका १ जना रहेका छन् ।

मन्त्रालयका अनुुसार साेमबारसम्म पीसीआर विधिबाट हालसम्म ३ लाख १९ हजार ८७२ परीक्षणहरु गरिएका छन् भने २४ घन्टामा ४ हजार २१६ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार २२८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ९३६ जना रहेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …