तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

सुशिल सुबेदी

सिन्धुपाल्चोक -मेलम्ची नगरपालिकाले क्वारेन्टाइनमा बसेका महिला हरुको स्वास्थ्यलाई ध्यान दिदैं स्वास्थ्य सामग्री वितरण गरेको छ ।

आज मेलम्ची नगरपालिकाका उपप्रमुख भगवति नेपालले क्वारेन्टाईनमा बसेका महिलालाई परपल झोला अथवा स्वास्थ्य सुरक्षा सामाग्री र प्याड वितरण गरेको जानकारी दिनुभयो ।

अन्य क्वारेन्टाइनहरुमा बसेका महिलाहरुले विभिन्न स्वास्थ्य समस्या भोग्न परेको र उनीहरुलाइ निकै समस्या भएको कुरा बाहिरा आउँदा मेलम्चीमा त्यस्तो हुन नदिन स्वास्थ्य सामाग्रि वितरण गरिएको उपप्रमुख नेपालले बताउनुभयो ।

प्याड सहित स्वास्थ्य सुरक्षा सामाग्रि पाएपछि क्वारेन्टाइनमा बसेकाहरुले खुशि ब्यक्त गरेका छन् ।

अहिले २ महिला र १० पुरूष गरी क्वारेन्टाइनमा १२ जना रहेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …