तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा ५७ जना कोरोना संक्रमित थपिएका छन् ।

शनिवार कोभिडको राष्ट्रिय अध्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले हालसम्मका कूल संक्रमित १७ हजार ५०२ जनामध्ये ११ हजार ६३७ जना डिस्चार्ज भइसकेका बताए ।

डिस्चार्ज हुनेको संख्या कूल संक्रमितको ६६.१२ प्रतिशत हो । पछिल्लो २४ घण्टामा १०३ जना डिस्चार्ज भएका प्रवक्ता गौतमले बताए ।

देशभर सक्रिय कोरोना संक्रमित ५ हजार ८२५ जना आइसोलेसनमा रहेका प्रवक्ता गौतमले बताए । देशभर क्वारेन्टीनमा रहेका व्यक्तिको संख्या २३ हजार २७५ जना रहेको जनाइएको छ ।

रौतहट, कैलाली र बाजुरा जिल्लामा हाल पनि ५०० जनाभन्दा बढी संक्रमित उपचाररत रहेका छन् भने कोरोना शून्य भएका जिल्ला भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला रहेका प्रवक्ता गौतमले बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …