तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ — थप १६७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १६७ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।

गएको २४ घन्टामा २१३ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म कोरोना निको भएर घर जानेको संख्या ११ हजार २४९ पुगेको छ । यो कुल संक्रमितको आधारमा ६४. ८५ प्रतिशत हो ।

प्रवक्ता गौतमका अनुसार गत २४ घन्टामा २७ प्रयोगशालामा ४ हजार ९८१ नमुनाको पीसीआर परीक्षण गरिएको थियो । नेपालमा ६ हजार ५६ आइसोलेसनमा र २३ हजार ५०० क्वारेन्टाइनमा रहेको उनले बताए ।

जिल्लागत नयाँ संक्रमितको विवरण

झापा ४
सुनसरी ४
उदयपुर १
इलाम ६
मोरङ ३
ओखलढुंगा १५
धनुषा २७
पर्सा २
बारा १
रौतहट ६
काठमाडौं १
नवलपरासीपूर्व १७
रौतहट ६
मकवानपुर ६
बागलुङ २
स्याङ्जा १
रुपन्देही १
प्यूठान १
बाँके ८
सुर्खेत ३
बर्दिया १
दाङ १
दैलेख ६
रुकुमपश्चिम १
सल्यान २
जजारकोट २
मुगु १
डडेलधुरा ८
अछाम ४
कैलाली १४
कन्चनपुर १४
बझाङ १

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …