तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

भारतमा भाइको कोरोनाका कारण मृत्यु भएपछि घर फर्केका वीरगन्जका युवकको पनि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा बुधबार रौतहटका ३६ वर्षीय युवकको मृत्यु भएको छ । उनका भाइको भारतको बैंग्लोरमा कोरोनाबाटै मृत्यु भएको थियो ।

बेंगलुरुमा सँगै बस्दै आएका भाइको मृत्यु भएपछि दाजु गत साता रौतहटको परोहा नगरपालिका–७ स्थित घर फर्किएका थिए । उनलाई नगरपालिकाको क्वारेन्टाइनमा राखिएको थियो । मेसु डा.मदनकुमार उपाध्यायका अनुसार त्यहाँ उनी बिरामी परेपछि सोमबार राति वीरगन्ज ल्याएर नारायणी अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा राखिएको थियो । 

रुघाखोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार बिहान उनलाई आईसीयूमा भर्ना गरिएको थियो । युवकको बुधबार दिउँसो मृत्यु भएको नारायणी अस्पतालका मेसु डा. उपाध्यायले बताए । परोह नगरपालिकाका स्वास्थ्य इन्चार्ज जलान्धर यादवका अनुसार बुधबार मृत्यु भएका कोरोना संक्रमितले आफू भारतको बेंगलुरुमा भाइसँगै बसेको र उनको मृत्यु भएपछि घर फर्किएको बताएका थिए । 

अस्पतालका संयोजक डा.उदयनारायण सिंहका अनुसार मृत्यु भएका संक्रमित युवकमा कोरोना संक्रमतिलाई देखिनेबाहेक अन्य रोग थिएन । ती युवकमा कोरोना लक्षण रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …