तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मुलुकमा ११६ जना कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको कोभिड १९ प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्‍वर गौतमले पछिल्लो २४ घन्टामा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

थपिएका सङ्क्रमितसँगै हालसम्म कोरोनाभाइरसका बिरामी संख्या १७ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा जनाएको छ ।

चौबीस घण्टामा चार हजार ३६१ जनाको कोरोनाभाइरसका परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल क्वारेन्टाइनमा २४ हजार ७१६ जना बिरामी छन् ।

आईसोलेशनमा ६ हजार ६९५ जना छन् । सोमबारसम्म सङ्क्रमित हुनेको संख्या १६ हजार ९४५ थियो । जसमध्ये निको भएका दश हजार २९४ र सङ्क्रमण सक्रिय रहेको बिरामीको संख्या छ हजार ६१३ जना रहेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …