तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

डिस्चार्ज भएका घर फर्केका यी व्यक्तिमध्ये फेरि कोही व्यक्ति संक्रमित भएर उपचारका लागि अस्पताल भर्ना भएका छन् त ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपचारपछि डिस्चार्ज भएका कसैलाई पनि पुनः संक्रमण देखिएको छैन । ‘डिस्चार्ज भएर गएका कसैलाई पनि पुनः कोरोना संक्रमण देखिएको छैन ।’ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनको भनाइ पनि यस्तै छ ।

‘संक्रमितमध्ये डिस्चार्ज भएका कसैलाई पनि पुनः संक्रमण देखिएको छैन,’ डा. पुन भन्छन् । संक्रमणपछि उपचार पाएर डिस्चार्ज भइसकेका व्यक्तिलाई पुनः संक्रमणले छुन्छ कि छुँदैन ? यसमा भने विज्ञहरुको मत बाझिएको छ । एकथरी विज्ञहरु एकपटक संक्रमित भएर गइसकेपछि शरीरमा एन्टिबडी बन्छ र ढुक्क भएर काम गर्न सक्ने बताउँछन् । केही विज्ञले भने संक्रमण भएको व्यक्तिमा भएको एन्टिबडीले पूर्ण रुपमा काम नगर्न पनि सक्छ भनेर सावधानी अपनाउन सुझाव दिएको देखिन्छ ।

यद्यपि यस विषयमा थप अनुसन्धान भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतम भन्छन्, ‘संक्रमण नहुने भने होइन, तर सचेत भने हुनै पर्छ ।’ सरुवा रोग विशेषज्ञ डा. पुन पनि डिस्चार्ज भइसकेकाहरुलाई पुनः संक्रमण नभएपनि सतर्कता भने अपनाउनुपर्ने बताउँछन् । ‘डिस्चार्ज भएर १४ दिन नाघेर घर गएका व्यक्तिलाई पुनः कोरोना भएको पाइएको छैन । त्यसैले कोरोनाबाट तर्सिहाल्नुपर्ने र आत्तिहाल्नुपर्ने अवस्था छैन ।’

केही समयअघि उपचारपछि घर फर्र्किएका केही व्यक्तिको पिसीआर परीक्षणका क्रममा पुनः पोजेटिभ देखिएको समाचार बाहिर आएको थियो । यो विषयमा डा. पुन भन्छन्, ‘ती व्यक्तिमा निष्कृय भाइरसको टुक्राटुक्री (पार्टीकल) बाँकी रहेको देखियो, त्यसैले त्यस्तो रिपोर्ट आएको हो ।’ अन्य देशमा पनि संक्रमित व्यक्ति घर फर्किसकेपछि पुनः सो व्यक्तिमा संक्रमण देखिएको वारेमा कुनै तथ्य सार्वजनिक नभएको संक्रामक रोग विशेषज्ञहरुको भनाइ छ ।

नेपालमा पछिल्लो पटक संक्रमितको संख्या कम हुँदै गएको छ । गत २४ घण्टामा ७० जना मात्र नयाँ संक्रमित थपिएको छ । गत २४ घण्टामा तीन हजार ६ सय ४८ जनाको कोरोना परीक्षण गरिएको छ । परीक्षण नै कम भएकाले संक्रमितको संख्या कम हुँदै गएको आरोप पनि लाग्दै आएको छ । संक्रमित मध्ये अधिकांश लक्षणविहीन रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये ८ हजार २ सय ३९ जना मात्र सक्रिय संक्रमित रहेका छन् । हाल २३ हजार ९ सय १० जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म २ लाख ७९ हजार पाँच सय ९९ जनाको आरटीपिसीआर प्रविधिबाट कोरोना परीक्षण गरीएको छ । हालसम्म संक्रमितमध्ये आठ हजार चार सय ४२ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक सातामा दुई हजार ९७ जना डिस्चार्ज भएका छन् ।

गत आइतवार एक सय ३२ जना, सोमवार तीन सय ३४, मंगलवार ६ सय ८८ जना, बुधबार २ सय ५३ जना, विहीवार एक सय ३९ जना, शुक्रवार एक सय २० जना र शनिवार चार सय ३१ जना डिस्चार्ज भएका छन् । यसरी हेर्दा कुल संक्रमित मध्ये ५० दशमलव ४९ प्रतिशत डिस्चार्ज भएको देखिन्छ ।

जनस्वास्थ्यविज्ञ डा.रवीन्द्र पाण्डे भने कोरोना संक्रमण बढ्दै गएको भन्दै सतर्कता अपनाउन सुझाव दिन्छन् । ‘सकभर घरभित्र बसौं, बाहिर जानुपरे सही तरिकाले मास्क, चस्मा र पञ्जा लगाऔं । ६ फिटको व्यक्तिगत दुरी कायम गरौँ । भीडभाडमा नजाऔं र साबुनपानीले पटकपटक हात धुने बानी गरौँ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …