तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार उडानमा संलग्न नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सका १४ जना कोरोनाबाट संक्रमित भएका छन् । निगम प्रवक्ता अर्चना खड्काका अनुसार मंगलबारसम्म निगमका ३ पाइलट र ६ जना क्याबिन क्रू (एयरहोस्टेस र फ्लाइट एटेन्डेन्ट) गरी ९ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि भएका उनीहरूलाई मंगलबार दिउँसो बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लगिएको छ । निगमले उद्धार उडानमा जाने चालक दल तथा प्राविधिकका लागि सोल्टी क्राउन प्लाजामा क्वारेन्टाइन बनाएको छ ।

त्यसैगरी, उद्धार उडानमै रहेको हिमालय एयरलायन्सका ५ जनामा पनि संक्रमण पुष्टि भएको छ । मंगलबार एक पाइलट र दुई क्याबिन क्रूमा कोरोना पुष्टि भएको प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले बताए । यसअघि हिमालयका एक विदेशी पाइलट र नेपाली फ्लाइट एटेन्डेन्टमा संक्रमण पुष्टि भइसकेको छ ।

निगमका ४ वटा विमान उद्धार उडानमा छन् । जसमा विदेशीसहित ५४ पाइलट र सयभन्दा बढी क्याबिन क्रू छन् । उद्धार उडानमा ४ विमान रहेको हिमालयमा ४३ पाइलट र ८० हाराहारी क्याबिन क्रू संलग्न छन्

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …