तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

२७ वर्षीय ती युवकको कोरोना रिपोर्ट पोजिटिभ  आएको पाटन अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले टेलिफोनमा बताए । ‘यहाँ अस्पतालमा भर्ना भएलगतै नमुना संकलन गरेका थियौं, हिजो राति उहाँको मृत्यु पनि भयो, कोरोना रिपोर्ट पनि पोजिटिभ आएको छ,’ उनले भने । उनको शव व्यवस्थापनको प्रक्रिया पनि सुरु गरिएको उनले बताए । 

भिमसेन थापा गाउँपालिका–२ घर भएका ती युवाले शनिबार झुन्डिएर आत्महत्याको प्रयास गरेका थिए । छिमेकीले देखेपछि पासो काटेर अर्धचेत अवस्थामा रहेका उनलाई घ्याम्पेशालको मनास्लु हस्पिटलमा उपचारका लागि ल्याएको भिमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए । 

घ्याम्पेशालमा सामान्य उपचारपश्चात थप उपचारका लागि ललितपुरको पाटन अस्पताल रिफर गरिएको उनले बताए । ‘उपचारको क्रममा स्वाब पनि संकलन भएको रहेछ । कोरोना रिपोर्ट पोजिटिभ पनि आयो भन्ने त्यहाँका स्वास्थ्यकर्मीबाट अनौपचारिक जानकारी पाएका छौं ।,’ डाक्टर शर्माले भने । ती युवकमा कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण नदेखिएको उनले बताए ।

गाउँपालिकाको स्वास्थ्य शाखाले यसबारेमा आधिकारिक जानकारी आइनपुगेकाे बताएको छ । स्वास्थ्य शाखाका अनुसार उनको रिपोर्ट प्राप्त भएपछि कन्ट्याक्ट ट्रेसिङ र पीसीआर परीक्षणको काम अघि बढाउने तयारी छ

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …