तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

खोटाङ -खोटेहाङ गाउँपालिकामा भारत बाट र अन्य जिल्ला बाट आएका ९ जनालाई स्थानीय क्वारेन्टाइन खोटेहाङमा राखी परिक्षण गरिएको पिसिआर रिपोर्ट सबैको नेगेटिभ आएको छ।

कोशी अञ्चल अस्पताल बिराटनगरबाट पिसिआर परिक्षण भइ शनिबार आएको रिपोर्टमा ९ जनाकै रिपोर्ट नेगेटिभ देखिएको खोटेहाङ गाउँपालिकाका स्वास्थ्य संयोजक युदुकुमार बस्नेतले जानकारी गराए ।

परिक्षण गरिएका मध्धे ८ जना धादिङबाट आएका थिए भने अर्का एक जना भारत बाट आएका थिए। लकडाउनको अबधिकै बेला घर फर्किएकाले उनीहरु मध्धे ८ जनालाई स्थानीय खोटेहाङ गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो भने एक जना होम क्वारेन्टाइनमै बसेका थिए ।

यस्तै साकेला गाउँपालिकाको क्वारेन्टाइनबाट ९ जनाको परिक्षण गरिएको थियो उनीहरुको शुक्रबार आएको रिपोर्टमा सबैको नेगेटिभ भएको साकेला गाउँपालिकाले जनाएको छ।

खोटाङ जिल्लामा हालसम्म ४७५ जनाको पिसिआर परिक्षण गरिएको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिका गरि ४७५ जनाको पिसिआर परिक्षण गरिएकोमा १० जनामा कोरोना भाइरस पुष्टी भएको छ खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी श्याम कुमार राइले बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …