तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

गोरखा अस्पतालको आइसोलेशनमा रहेका एक व्यक्तिको मृत्यु भएको छ । जिल्ला अस्पताल गोरखाले प्रेस विज्ञप्ति जारी गरी कोरोना संक्रमण देखिएपछि अस्पतालको आइसोलेशनमा उपचार गराईरहनु भएका ४४ वर्षीय एक पुरुषको मृत्यु भएको पुष्टि गरेको छ ।

पालुङटार नगरपालिका ७ निबासी उहाँ मंगलबार मात्र कतारबाट नेपाल फर्कनु भएको थियो । मधुमेह, उच्च रक्तचाप लगायतका दीर्घरोगी समेत रहनु भएका उहाँलाई गा¥हो भएपछि शुक्रबार राती १० बजे जिल्ला अस्पतालको आइसोलेशनमा ल्याइएको थियो ।

उपचारको क्रममा शनिवार विहान ५ बजे उहाँको मृत्यु भएको जिल्ला अस्पताल गोरखाका निमिक्त मेडिकल सुपरिटेन्डेन नबिन थापाले जानकारी दिनुभयो ।
उहाँको १८ गते पिसिआर परीक्षणको लागि नमूना संकलन गरी पठाइएकोमा १९ गते पोजेटिभ रिर्पोट आएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …