तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

भुपराज अर्याल

शनिबार ,नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२,३०९ पुगेको छ। नेपालका सतहत्तरै जिल्लामा यसको प्रवेश भएको छ।आज मात्र ५५४ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार आज कैलालीका एक जना ५० वर्षीय पुरूषको मृत्यु भएसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ।

गौतमले स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड १९ ब्रीफिङका क्रममा कोरोनाको संक्रमणसंगै विभिन्न भ्रम फैल्याई जनतालाई अनावश्यक दु:ख दिने र अनुचित फाइदा उठाउने प्रवृती हावी हुँदै गएको र त्यस्ता घटनाप्रति स्वास्थ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए ।

यसै क्रममा हालै भाइरस रिमुभिङ कार्डका नाममा सृजित भ्रममा नपर्न समेत उनले अनुरोध गरेका छन् ।यस्तो कार्ड हालसम्म पत्ता नै नलागेको जानकारी गराउँदै अपठ्यारो परिस्थितिको मौका छोपी आफ्ना लागि अवसर खोज्नेको भ्रममा समाजका प्रतिष्ठित ब्यक्तिहरु समेत परी कार्ड भिर्नु दुखद् घटना भएको कुरा बताए।

यसको प्रयोगबाट मानिसको मुटु ,कलेजो जस्ता संवेदनशील अंगमा समेत असर पर्न सक्ने हुँदा कुनै पनि हल्लाको पछि नलाग्न अनुरोध गर्दै कोरोनासंग लड्न कुनै पनि प्रकारको विधि पत्ता लागेमा स्वास्थ मन्त्रालयमा दर्ता गरी जनता समक्ष जानकारी गराइने कुरा समेत अवगत गराए।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …