तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पोखरा, असार १३ गते । गण्डकी प्रदेशमा शनिबार बिहान ३२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान प्रकाशित गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमित हुनेमा स्याङ्जाका २२ जना, बागलुङका ८ जना र नवलपरासी पुर्वका २ जना रहेका छन् ।

निर्देशनालयका अनुसार पोखरा स्थिति प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा परीक्षण गरिएका स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाका १३ पुरुष र ६ महिला, बागलुङको काठेखोला गाउँपालिकाका ७ पुरुष, ढोरपाटन नगरपालिकाका १ पुरुष, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठा दाङको प्रयोगशालमा परीक्षण गरिएका स्याङ्जाको वालिङ नगरपालिकाका एक पुरुष, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा परीक्षण गरिएका नवलपसारी हुप्सेकोट गाउँपालिकाका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माकाअनुसार स्याङ्जाको वालिङ नगरपालिकाका पुरुषमा बुधबार र नवलपरासीका २ जनामा शुक्रबारनै संक्रमण पुष्टी भई आइसोलेसनमा राखिसकिएको र अन्य संक्रमितलाई आइसोलेसनमा ल्याउने कार्य सुरु भएको छ ।

नयाँ संक्रमितसँगै हालसम्म पुर्वी नवलपरासीका २१२ जना, स्याङ्जाका १५८, बागलुङका १५१ जना, तनहुँका १०२, गोरखाका ७७, पर्वतका ७०, कास्कीका ३५, लमजुङका १७, म्याग्दीका १४, मनाङ र मुस्ताङका १÷१ जना कोरोना संक्रमित भएका छन् । यी मध्य स्याङ्जाका दुई पुरुषको मृत्यु भएको तथा पूर्वी नवलपरासीमा १२, स्याङ्जाका २२, बागलुङमा २४, तनहुँमा ९, गोरखामा १८, पर्वतमा ११, कास्कीमा १९, म्याग्दीमा २, लमजुङमा ४ जना गरी १२१ जना कोरोना संक्रमण मुक्त भएर घर फिर्ता भएका छन् ।

गण्डकी स्वास्थ्य निर्देशनालयकाअनुसार परीक्षणको दायरा बढेकाले संक्रमितको संख्यापनि थपिदै गएको जनाएको छ । पहिले एउटा मात्र पिसिआर मेसिनको प्रयोगबाट स्वाब परीक्षण भएकोमा हाल नयाँ मेसिन थप गरी परीक्षण बढीरहेको छ । यस्तै पोखरामा परीक्षण गर्न समय लाग्ने भएपछि काठमाडौं, भरतपुर लगायतका ठाउँमा स्वाब पठाएर परीक्षण गर्ने गरिएको थियो । हालसम्म गण्डकी प्रदेशमा नौ हजार ४५८ जनाको स्वाब सङ्कलन गरिएकोमा ८३८ जनामा कोरोना संक्रमण देखिएको, सात हजार ९५८ जनामा कोरोना संक्रमण नदेखिएको तथा ६६२ जनाको परीक्षण हुन बाँकी रहेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …