काठमाडौं, असार ९ । सवारी व्यवस्थापन गर्न काठमाडौं उपत्यकाका तीन स्थानमा ‘फ्लाई ओभर’ निर्माण हुने भएको छ । व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न ती फ्लाई ओभर बन्न लागेका हुन् । ‘फ्लाई ओभर’ निर्माणको सर्वे तथा डिजाइनका लागि परामर्शदाता चयन प्रक्रिया अन्तिम चरणमा रहेकोे सडक विभागले जनाएको छ । विभागका अनुसार साउनभित्र परामर्शदाता कम्पनी चयन भई सम्झौता सम्पन्न हुनेछ ।
चक्रपथको कोटेश्वर–कलङ्की खण्डको एकान्तकुना, ग्वार्को तथा सातदोबाटो र चापागाउँ चोकलाई जोडेर ‘फ्लाई ओभर’ निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको सडक विभाग, गुणस्तर अनुसन्धान विकास केन्द्रका निर्देशक शिव नेपालले जानकारी दिए। चक्रपथमा ‘फ्लाई ओभर’ निर्माणनिम्ति सर्वे तथा डिजाइनका लागि परामर्शदाता चयन गर्न बोलपत्र आह्वान भई छनोट प्रक्रिया अन्तिम चरणमा छ । निर्देशक नेपालले भने, “साउनभित्र परामर्शदाता कम्पनीसँग सम्झौता भइसक्छ ।”
उनका अनुसार सम्झौता भएको छ महिनाभित्र चक्रपथको सो क्षेत्रमा सर्वे र डिजाइनको काम सम्पन्न भई ड्राफ्ट रिपोर्ट प्राप्त भइसक्नेछ । ड्राफ्ट रिपोर्टमा देखिएको कमीकमजोरी सुधार गरी एक महिनाभित्र अन्तिम प्रतिवेदन परामर्शदाता चयनका लागि सडक विभागले गएको फागुनमा बोलपत्र आह्वान गरेको थियो ।
“परामर्शदाता चयनका लागि बोलपत्र आह्वान गरिएकोमा चारवटा नेपाली कम्पनीको प्रस्ताव प्राप्त भएको छ”, निर्देशक नेपालले भने, “प्राप्त प्रस्तावमध्ये अहिले प्राविधिक प्रस्तावको मूल्याङ्कन भइरहेको छ । प्राविधिक मूल्याङ्कनमा उत्कृष्ट ठहरिएका कम्पनीको आर्थिक मूल्याङ्कन गरिने आजको गोरखापत्र दैनिकमा खवर छ
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …