नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला

टीकापुर । कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि …

खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने उद्योग बन्द

दमौली । खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने तनहुँको व्यास नगरपालिका–२ मालेबगरमा सञ्चालित एक उद्योग बन्द गराइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार गरेको अनुगमनका क्रममा अनुज्ञापत्र नलिई विभिन्न सामग्री उत्पादन गर्ने न्यु झलक दालमोठ उद्योग बन्द गराइएको हो । …

सेती नदिमा भेटिएको शवको पहिचान हुन सकेन

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडास्थित सेती नदीमा आइतबार भेटिएको शव पहिचान गर्न कठिन भएको छ । अन्दाजी ४०र५० वर्ष देखिने पुरुषको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । स्थानीयवासीले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए …

स्व. रेग्मीको सम्झनामा वालिङ कांग्रेसद्वारा स्मृतिसभा, लाखबत्ती प्रज्ज्वलन गर्ने

स्याङ्जा । नेपाली काङ्ग्रेस स्याङ्जाका अगुवा एवं आदर्श पुरुष स्व. सुर्य प्रसाद रेग्मीको सम्झनामा स्मृतिसभा साथै लाखबत्ती प्रज्ज्वलन गर्ने कार्यक्रम तय भएको छ । नेपाली काङ्ग्रेस वडा कार्यसमिति वालिङ २ ले पन्चायतको विरुद्ध रगतको हस्ताक्षरकर्ता साथै प्रजातन्त्र प्राप्तिका लागि झन्डै …

आफू बसोबास गरेको जमिनको पुर्जा अरुकै नाममा

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–४ हसौरा क्षेत्रका स्थानीयवासी आफूले जोतभोग गरेको जग्गाको पुर्जा अर्कैको नाममा हुँदा चिन्तित बनेका छन् । हसौरा, चिलाहा, सालघारी, चिलाहा खोलापारि, स्कूलटोल, बगनासे, कुसनरी, सातबिघा, बीचटोल, ढुङ्गेनीका बासिन्दा पुर्जाविहीन बन्दा समस्यामा परेका छन् …

वाग्मती सफाइ महाअभियानको ४१० औं हप्तामा वाग्मती र रुद्रमतीको संगमस्थलमा सफाइ

काठमाडौं। वाग्मती सफाइ महाअभियानको ४१० औं हप्तामा वाग्मती र रुद्रमतीको संगमस्थलमा सफाइ गरिएको छ । सफाइबाट ९ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सशस्त्र प्रहरी महिला श्रीमती संघ …

मानवबस्तीबीचमा स्थापना सगरमाथा सिमेन्ट उद्योगविरुद्ध मुद्दा

देउखुरी । घोराही उपमहानगरपालिका वडा नं ३ र ४ गोग्लीमा रहेको सगरमाथा सिमेन्टको प्रदूषणको विरोधमा स्थानीयवासीले उद्योगविरूद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका छन् ।  उद्योगबाट निस्कने धुलो, धुँवा र ध्वनि प्रदूषणले नागरिकको स्वास्थ्यमा नकारात्मक प्रभाव पारेकाले प्रदूषणजन्य कुनै पनि …

बैतडीका वडाध्यक्ष होटलमा महिलासहित भेटीएपछी …

दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनीहरु दुवैलाई बिहान ३ः०० बजे स्थानीय खोचलेक बजारको एक …

हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । देशभर आज आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र हावाहुरीसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायु र पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही …

तीन वर्षभित्र सबै स्थानीय तहका आफ्नै प्रशासनिक भवन निर्माण हुने

काठमाडौँ। अबको तीन वर्षभित्र सबै स्थानीय तहका आफ्नै प्रशासनिक भवन निर्माण हुने भएको छ । सम्बन्धित स्थानीय तह र सङ्घीय सरकारको लागत साझेदारीमा स्थानीय तहको प्रशासनिक भवन निर्माण हुन लागेका हुन् । कुल ७५३ स्थानीय तहमध्ये पुराना केही स्थानीय तहबाहेक …