झापामा बसको ठक्करबाट एक मोटरसाईकल यात्रीको ज्यान गयो

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झिलझिलेमा आज भएको सवारी दुर्घटनामा परी सुनसरी बराह क्षेत्र –७ का २९ वर्षीय ज्ञानेन्द्र तामाङको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले प्रदेश १-०२-०४३प ९२१८ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई …

ट्रकको ठक्करबाट एकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ का ३५ वर्षीय रामकुमार खत्वे मण्डल रहेको प्रहरी उपरीक्षक राजेन्द्र धमलालले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते भएका मण्डलको स्थानीय …

टिपरको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु

काठमाडौँ । चन्द्रागिरिमा टिपरको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–१० काठमाडौँ आयल स्टोरस्थित सडकमा बा४ख २५७७ नम्बरको टिपरको ठक्करबाट बुधबार राति दुई पैदलयात्रुको मृत्यु भएको हो । मृत्यु हुनेमा धादिङ गल्छी गाउँपालिका घर भई काठमाडौँ थापाथली बस्ने …

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गको मालटोलस्थित सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको डिजेल बोकेको को१ख २३३८ नम्बरको ट्याङ्कर र पूर्वबाट पश्चिमतर्फ आइरहेको बिआर शून्य …

रसुवामा आगलागीबाट जलेर दुई घर नष्ट

सुवा । उत्तरी रसुवाको गत्लाङ्मा आज भएको आगलागीबाट दुई घर नष्ट भएका छन् । प्रहरी कार्यालय रसुवाका अनुसार आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गत्लाङ गाउँका बमबहादुर तामाङ र चुङ्थुङ तामाङको घर आगलागी भएको हो । सो आगलागीबाट कुनै मानवीय क्षति भने भएको …

भारतीय ट्रक र नेपाल आयल निगमको टयाङ्कर एक आपसमा जुध्दा धनुषामा २ जनाको मृत्यु

जनकपुर । भारतीय ट्रक र ईन्धन बोक्ने नेपाल आयल निगमको टयाङ्कर एक आपसमा जुध्दा धनुषामा २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा पर्ने मालटोलस्थित घुमाउरो बाटोमा पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ४ च …

गुल्मिमा ट्रकको ठक्करबाट दुई युवकको ज्यान गयो

गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट दुई युवकको ज्यान गएको छ । रेसुङ्गा नगरपालिका– १३ मसिनाखोला निवासी २३ वर्षीय बालकृष्ण भुजेल र २६ वर्षीय टोपबहादुर रजालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारनाथ पन्तले जानकारी दिए । बुटवलबाट तम्घास आउँदै …

गुल्मीमा ट्रकको ठक्करबाट २ पैदलयात्रीको मृत्यु

गुल्मी ।गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको ज्यान गएको छ । शनिवार राति ट्रकको ठक्करबाट रेसुङ्गा नगरपालिका– १३ भगारिका २६ वर्षका टोप बहादुर रजाली र २३ वर्षका बालकृष्ण भुजेलको ट्रकको ठक्करबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक …

कपिलवस्तुको च्याउफर्ममा आगलागी हुँदा ३३ लाखको क्षति

कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा रहेको सृष्टि च्याउफार्ममा आज अपराह्न आगलागी भएको छ । च्याउफार्ममा लागेको आगोले फार्मका तीन टहरा जलेर पूर्णरूपमा नष्ट भएका छन् । उक्त टहरामा उत्पादन भएर टिप्न तयारी अवस्थामा रहेको पाँच हजार किलो च्याउसमेत खरानी भएको फार्मका …

स्कुल बससङ्ग मोटरसाईकल ठोक्किदा एक वृद्धको ज्यान गयो

दमक । स्कुल बससँग मोटरसाइकल ठोक्किँदा झापा, गौरादह नगरपालिका–८ भूँडीसिमलका ६६ वर्षीय ढावालाल राजवंशीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको कन्काइ–३ सुरुङ्गास्थित हरिकूल संस्कृत विद्यालय अगाडि मे१क १४१ स्कुल बससँग ठोक्किँदा मे९प ५५६६ नंको मोटरसाइकलमा सवार राजवंशीको आज मृत्यु …