महानवमी पर्व आज: नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका …

हरेक वर्ष दसैँमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने तलेजुमा यसवर्ष बलिरहित पूजा

भक्तपुर । तलेजु मन्दिरमा आज बलिरहित पूजा सम्पन्न गरिएको छ । हरेक वर्ष दसैँँमा आज तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने गरिए पनि यसवर्ष कोरोना भाइरस सङ्क्रमणका कारण तलेजुमा बलि नदिई पूजा सम्पन्न गरिएको तलेजुका मूल …

प्रधानमन्त्री देउवाद्वारा नेपाली फुटबल टिमलाई बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई ज्ञापन गर्नुभएको छ ।  बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो ।  बुधबार साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटमार्फत नेपाली …

बडादसैंमा गह्रौंसुर कालिका मन्दिरमा दर्शनार्थीको भीड

वालिङ ।स्याङ्जाको प्रसिद्ध गह्रौंसुर कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । वालिङ र गल्याङ नगरपालिकाको सङ्गमस्थलको सो कालिका मन्दिरमा गतवर्षको तुलनामा यसवर्ष दर्शनार्थीहरुको भीड लागेको हो । कोरोना कम भएसँगै मठमन्दिर खुलेकाले पनि दर्शनार्थीहरुको भीड बढेको गह्रौंसुर धार्मिक एवं पर्यटकीय …

नेपाल साफको फाइनलमा

काठमाडौं । नेपालले साफ च्याम्पियनसीप–२०२१ को फाइनल खेल पहिलो पटक खेल्ने भएको छ । माल्दिभ्समा जारी खेल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा बङ्ग्लादेशसँग बराबरी खेलेपछि नेपालले फाइनल खेलमा आफ्नो स्थान सुरक्षित बनाएको हो । राउण्ड रोबिन लिगअन्तर्गतको आजको खेलमा १० …

राष्ट्रपति भण्डारीद्वारा विभिन्न शक्तिपीठको दर्शन र पूजा अर्चना

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैँ २०७८ को महाष्टमीका अवसरमा आज काठमाडौँस्थित विभिन्न शक्तिपीठमा दर्शन तथा पूजा अर्चना गर्नुभएको छ । यस क्रममा राष्ट्रपति भण्डारीले मन्दिरमा उपस्थित पूजारी र सर्वसाधारणलाई दशैँको शुभकामना दिनाका साथै उहाँहरुका सुझाव ग्रहण गर्नुभएको छ । महाअष्टमी …

पछिल्लो २४ घण्टामा ३२६ जनामा सङ्क्रमण पुष्टि, चार जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ३२६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । तीन हजार ६७१ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ३२६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, एक हजार ९२३ वटा एन्टीजेन परीक्षण गर्दा ३९ जनामा कोरोना सङ्क्रमण देखिएको …

देशभरका शक्ति पीठमा भक्तजनको घुइँचो, बलि दिने घटे

काठमाडौँ। शक्तिका लागि भगवतीको आशीर्वाद लिने पर्व नवरात्रको आठौँ दिन पनि काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ । आश्विन शुक्ल पक्ष शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रुपमा चिनिन्छ । वर्षमा चारवटा नवरात्र पर्ने भए पनि शरद …

यसकारण भएको थियो मुगु दुर्घटना

मुगु, ।नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नंको यात्रुवाहक बसको टायर पञ्चर भई दुर्घटना भएको खुलेको छ । मङ्गलबार भएको सो दुर्घटनामा परी ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।  नेपालञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ …

चाडपर्वले सांस्कृतिक एकता र आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास

कास्की । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले चाडपर्वले न्याय र समानतासहितको सामाजिक, आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । विजयादशमीका अवसरमा उहाँले आज प्रकाशन गर्नुभएको शुभकामना सन्देशमा असत्यमाथि सत्यको विजय हासिल …