फूलपाती पर्व आज: घरघरमा शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।  घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ …

स्वास्थ्यमन्त्री खतिवडाद्वारा हेटौँडा अस्पतालको निरीक्षण

मकवानपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले गृहजिल्ला मकवानपुरको हेटौँडा अस्पतालको निरीक्षण गर्नुभएको छ । उहाँले आज मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको हो ।  मन्त्री खतिवडाले हेटौँडा अस्पतालको आइसियु कक्ष, कोभिड–१९ वार्डको …

राष्ट्र निर्माणमा विद्यार्थीको योगदान महत्वपूर्ण : मुख्यमन्त्री आचार्य

मोरङ । प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राष्ट्र निर्माणमा विद्यार्थीको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित बडादसैँ, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले युनियनले मुलुकलाई …

सैनिकमञ्च टुँडिखेलमा फूलपाती बढाइँ : राष्ट्रपति सरिक हुने

काठमाडौं । नेपाली सेनाले परम्परागतरूपमा फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मङ्गलबार फूलपाती बढाइँ गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुनुहुनेछ । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।  सो अवसरमा सेनाले …

घान्द्रुक जीप दुर्घटना अपडेट : जीप चालकसहित आठको मृत्यु, एकको सकुशल उद्धार

पोखरा । पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जनालाई सकुशल उद्धार गरिएको र अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । दुर्घटनामा परी …

मोरङमा रहेको सिटिजन्स बैंकको कार्यालयमा बैंक लुट्न लुटेराले चलाए गोली

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको कर्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखामा गोली चलेको छ ।  प्रहरीले बैंक लुट्न आएका लुटेराले गोली चलाइएको आशंका गरेको छ ।  घटनाबारे थप अनुसन्धान भैरहेको  प्रहरिले जनाएको छ ।

घान्द्रुक जिप दुर्घटना अपडेट: ८ जनाको मृत्यु ७ जना काठमाडौंबाट घुम्न गएका

काठमाडौँ ।घान्द्रुकमा सोमबार जिप दुर्घटनामा परी मृत्यु हुने ८ जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा जिपका चालक अन्नपूर्ण गाउँपालिकाको नयाँपुलका ४२ वर्षीय खुसीमान क्षेत्री, काठमाडौंको गोंगबुबाट घुम्न गएका ५ पुरुष र २ महिला छन् ।  कास्कीको अन्नपूर्ण गाउँपालिको नयाँपुलबाट …

पछिल्लो २४ घण्टामा ६६३ जनामा सङ्क्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ६६३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २३३ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ६६३ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, चार हजार ९६२ वटा एन्टीजेन परीक्षण गर्दा १२२ जनामा कोरोना सङ्क्रमण देखिएको …

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोक्नुभएको छ ।  मौजूदा मन्त्रिपरिषद्का उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजिनामा दिनुभएकाले प्रधानमन्त्रीको सिफारिमा उक्त मन्त्रालयको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयद्वारा आज जारी …

लामो समयदेखि रोकिएको चालक अनुमतिपत्रको कार्ड डेढ महिनाभित्र आइपुग्ने

काठमाडौं । लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्रमा आइपुग्ने भएको छ ।  लामो समयसम्म छपाई उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड आउन सकेको थिएन । ‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरिद गरिएको र कार्ड अर्काे …