तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ ।घान्द्रुकमा सोमबार जिप दुर्घटनामा परी मृत्यु हुने ८ जनाकै सनाखत भएको छ ।

मृत्यु हुनेमा जिपका चालक अन्नपूर्ण गाउँपालिकाको नयाँपुलका ४२ वर्षीय खुसीमान क्षेत्री, काठमाडौंको गोंगबुबाट घुम्न गएका ५ पुरुष र २ महिला छन् । 

कास्कीको अन्नपूर्ण गाउँपालिको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको ग१ज ६९०० नम्बरको भाडाको जिप अन्नपूर्ण–१० कलाभिरमा दिउँसो २ बजेतिर दुर्घटनामा परेको थियो । मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–३ गोंगबुका १८ वर्षीय जिल्लप घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अच्युतम काफ्ले, १८ वर्षीय आशिष आलेमगर र गोरखा घर भइ गोंगबु बस्ने २७ वर्षीय विनय क्षेत्री छन् । उनीहरू दसैं बिदा मनाउन घान्द्रुक घुम्न जाँदै थिए । 

मृतक ८ जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापाले बताए ।

चालकसहित ९ जना सवार जिपमा रहेकी २० वर्षीया देविजा घिसिङको भने सकुसल उद्दार भएको छ । उनको अवस्था सामान्य छ । 

मृतक जिल्लप घिसिङ उनको भाइ हुन् । भीरमा अड्किएको अवस्थामा देविजाको स्थानीयले उद्धार गरेका थिए । जिपको पछाडिको ढोका खुल्दा उनी भीरको बीचको रुखमा अड्किएकी थिइन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …