थुनुवा कैदीलाई कसरी लाग्यो कोरोना ??

स्याङ्जामा एक थुनुवा कैदीलाई कोरोना भाइरसको सङक्रमण पुष्टी भएको छ। जबरजस्ती करणी मुद्धामा बिगत ४ बर्षदेखि जिल्ला कारागार स्याङ्जामा रहेका बन्दी कैदीमा कोरोना पुष्टी भएको हो । कैदीलाई एक हप्ता देखि रुघाखोकी तथा ज्वरो देखिए पछि आइतबार पीसीआर टेष्टको लागि …

परराष्ट्र मन्त्रालयमा कार्यरत ३ जना सहसचिव राजदूतमा सिफारिस

मन्त्रिपरिषद्को सोमबार अपरान्ह बसेको बैठकले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि परराष्ट्र कोटाअन्तर्गत राजदूत सिफारिस गरेको छ । परराष्ट्र स्रोतका अनुसार, परराष्ट्र मन्त्रालयमा कार्यरत वरिष्ठतम सहसचिवबाट क्रमशः गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्का राजदूत सिफारिसमा परेका हुन् । सिफारिसमा पर्नेमध्ये …

क्वारेन्टाइन तय नहुँदा उद्धार उडान स्थगित

सरकारले विदेशमा अलपत्र नेपालीको उद्धार गर्दै आएकोमा हाल आएर स्थगित गरेको छ। यसअघि जेठ यता करिब ५० हजार जनाको चार्टर विमानबाट उद्धार गरिएको थियो। यद्यपि विमान भाडा व्यक्ति आफैले तिर्नुपर्दथ्यो। कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन …

विराटनगरमा ४७ वर्षीय पुरुषको सोमबार साँझ कोरोना संक्रमणबाट मृत्यु

कोरोना संक्रमणबाट विराटनगरमा थप एकको मृत्यु भएको छ । योसँगै विराटनगर महानगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । कोसी अस्पतालको आइसोलेसनमा उपचाररत विराटनगर-८ का ४७ वर्षीय पुरुषको सोमबार साँझ ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।  खोकी …

कोरोना संक्रमण निको भएकामा पुनः संक्रमण देखियो 

नेपालकै पहिलो कोरोना संक्रमित स्टार्फ नर्समा पुनः संक्रमण देखिएको छ । जिल्ला अस्पताल, कपिलवस्तु कार्यरत ती नर्सलाई नर्सतर्फ सबैभन्दा पहिला वैशाख ३० गते संक्रमण देखिएको थियो । उनको फेरि पीसीआर जाँच गर्दा पोजेटिभ देखिएको हो । अस्पतालमा उनीसहित अस्पतालमा २१ …

कोरोनाबाट थप ३ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप ३ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको औपचारिक रुपमा पुष्टि गरेको छ । मृत्यु हुनेमा मोरङ जिल्लाका ६० वर्षीय पुरुष र काठमाडौँकी ५८ वर्षीया महिला र रौटहटका ३२ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । यो …

वाग्मती प्रदेशसभाका उच्च अधिकारीलाई कोरोना सङ्क्रमण

वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना सङ्क्रमित भएका छन् ।​ कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि संकलन गरिएकोे उनको स्वाब परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ । हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईँले पनि सोको पुष्टि गरे …

मास्क नलगाउने कारबाहीबाट २५ लाख रुपियाँ राजस्व सङ्कलन

नेपालभरमा हालसम्म चार लाख १९ हजार ५३८ जना मास्क नलगाई बाहिर निस्कनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई केही बेर सडकमा उभ्याउने र मास्कको महत्त्वको बारेमा बुझाउने र अनिवार्य रुपमा मास्क लगाएर मात्रै घरबाहिर निस्कनको लागि सम्झाउने काम भएकाे छ …

अलपत्र परेका नेपालीलाई उनीहरूकै खर्चमा चार्टर उडान आजबाट

विदेशमा अलपत्र परेका नेपालीलाई उनीहरूकै खर्चमा चार्टर उडानबाट स्वदेश फर्काउन आज (सोमबार) देखि १५ दिनसम्म पाँचौं चरणको उद्धार उडान हुँदै छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रबार पाँचौं पटक थप ४३ वटा उडानलाई अनुमति दिएको थियो । सीसीएमसीका एक अधिकारीका …

पाठ्यक्रमको भार घटाएर विद्यालय संचालन गर्ने तयारीमा

विद्यालय तहको पाठ्यक्रमको भार घटाएर भए पनि विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने गृहकार्यमा सरकार जुटेको छ । शैक्षिक सत्र खेर जाँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्ने, सरकारको वैकल्पिक शिक्षामा गरिएको लगानी पनि खेर गई समग्र विद्यालय शिक्षामा नै दीर्घकालीन रूपमा …