तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपालकै पहिलो कोरोना संक्रमित स्टार्फ नर्समा पुनः संक्रमण देखिएको छ ।

जिल्ला अस्पताल, कपिलवस्तु कार्यरत ती नर्सलाई नर्सतर्फ सबैभन्दा पहिला वैशाख ३० गते संक्रमण देखिएको थियो । उनको फेरि पीसीआर जाँच गर्दा पोजेटिभ देखिएको हो ।

अस्पतालमा उनीसहित अस्पतालमा २१ जना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको छ । संक्रमित नर्सलाई केही दिन अगाडि ज्वरो आएको थियो, जाँच गर्दा पोजेटिभ देखियो । अहिले अस्पतालकै क्वाटरमा आइसोलेट भएकी छु उनले भनिन ।’

२१ स्वास्थ्यकर्मीलाई पोजेटिभ देखिएपछि अस्पतालमा इमरजेन्सीबाहेक अन्य सेवा बन्द छन् ।

कपिलवस्तुमा केही दिनअघि ३ डाक्टरसहित एकैपटक १८ जनालाई कोरोना पुष्टि भएकोमा एकजना उनै नर्स हुन् ।

पहिलोपटक संक्रमण हुने बेला उनमा कुनै लक्षण पनि देखिएको थिएन भने अहिले पनि कुनै लक्षण देखा नपरेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

ती नर्सलाई फेरि कोरोना देखिएपछि पहिला संक्रमण भएर निको भएकाहरूमा पनि पुनः संक्रमण हुनसक्ने देखिएको छ ।

पछिल्लो समय कपिलवस्तुमा समुदाय स्तरमा कोरोना फैलिएपछि गत साउन २७ गतेदेखि भदौ ७ गतेसम्म जिल्ला पुनः लकडाउन गरिएको छ ।

बुटवलस्थित धागो कारखानमा कोरोना आइसोलेसनमा उपचार गराएका कपिलवस्तुका २ जना पुरुषको मृत्यु भएपछि कपिलवस्तु प्रशासनले पुनः तेस्रोपटक लकडाउन थप गरेको छ । कपिलवस्तुमा संक्रमितको संख्या १ हजारनजिक पुगेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …