वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना सङ्क्रमित भएका छन् ।
कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि संकलन गरिएकोे उनको स्वाब परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ ।
हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईँले पनि सोको पुष्टि गरे ।
हेटौंडास्थित आफ्नै निवासमा उनी सेल्फ आइसोलेशनमा बसेका छन् ।
कोरोना सङ्क्रमण पुष्टि भए पनि उनमा सामान्य रुघाखोकीबाहेक कुनै लक्षण नदेखिएको उनका स्वकीय सचिवले जनाएका छन् ।
उनीसँंगै मकवानपुरमा आज १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …