तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा एक आर्थिक वर्षभित्र सबैभन्दा बढी उजुरी विराटनगर महानगरपालिका विरुद्व परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका सूचना अधिकारी निरज देवका अनुसार आर्थिक वर्ष २०७८।०७९ मा विराटनगर महानगरपालिकाविरुद्व भ्रष्टाचार तथा आर्थिक अनियमितता भएको भन्दै सबैभन्दा बढी उजुरी परेको हो । कुल उजुरीमध्ये ८ दशमलव ३३ प्रतिशत विराटनगर महानगरपालिकाको मात्रै रहेको छ ।

आयोगको ३२ औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाको हकमा भने सप्तरीमा सबैभन्दा बढी अनियमितता, भ्रष्टाचार हुने गरेको उजुरी परेको छ । प्रतिवेदनअनुसार कुल उजुरीमध्ये सप्तरीको मात्रै २२ प्रतिशत रहेको छ । यता, गाउँपालिकाको हकमा भने सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिकाको उजुरी सबैभन्दा बढी छ । भोक्राहा–नरसिंहको ५ दशमलव १३ प्रतिशत उजुरी परेको प्रतिवेदनमा जनाइएको छ ।

अख्तियारको इटहरी कार्य क्षेत्रका जिल्लाबाट कुल २ हजार २४ वटा उजुरी परेको प्रतिवेदनमा जनाइएको छ । आर्थिक वर्ष २०७८/७९ मा आयोगमा विभिन्न माध्यमबाट कुल १६ हजार २ सय ३८ वटा उजुरी प्राप्त भएको सूचना अधिकारी देवले जानकारी दिए । 

आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ८ हजार ९३ उजुरीसहित कुल २४ हजार ३ सय ३१ वटा उजुरी रहेका थिए । उक्त उजुरीमध्ये ७० दशमलव ६ प्रतिशत फछ्र्यौट भएको जनाइएको छ । यस वर्ष १७ हजार १ सय ६९ वटा उजुरी फछ्र्यौट गरिएको छ भने फछ्र्यौट भएकामध्ये ८ सय २३ वटा उजुरीउपर विस्तृत अनुसन्धान गरिएको जनाइएको छ ।

एक कार्यक्रमबीच अख्तियार इटहरीका प्रमुख तीर्थराज तिलुवालले प्रदेश १ का प्रमुख पर्शुराम खापुङलाई प्रतिवेदन समेत पेस गरेका छन् । राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …