तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा १५४ तथा दुई हजार ३१४ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा कोरोना सङ्क्रमण देखिएको हो । 

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या नौ लाख १६ हजार ३५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३४२ जना निको भएर घर फर्किएसँगै हालसम्म आठ लाख दुई हजार ३८९ जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९६६ छ । जसमध्ये ६ हजार ५८९ जना होम आइसोलेशनमा र ३७७ जना संस्थागत आइसोलेशनमा छन् । कोरोनाका बिरामीमध्ये १७१ जना आइसीयूमा र ३३ जना भेन्टिलेटरमा उपचाररत छन् । 

१० वर्ष मुनिका तीन बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उघारदेखि २० वर्ष उमेर समूहका १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२३ पुगेको छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …