तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

जीवन पाख्रीन तामाङ

काभ्रे।नेपाली कांग्रेस पार्टीको १४औं महाधिवेश अन्तर्गत सम्पन्न नेपाली कांग्रेस काभ्रेको ८ औं जिल्ला अधिवेशनमार्फत १६४६ मत सहित काभ्रेमा तिर्थ लामा विजयी भएका छन् ।

गत् मंसिर १० गते शुक्रबार सम्पन्न भएको कांग्रेस ७ औं जिल्ला अधिवेशनमा तिर्थ लामाको पुरै समुह विजयी भएको हो। सभापतिमा तिर्थ लामा बिजयी हुनुभएको छ भने उपसभापतिमा गोविन्द्र बहादुर थापा,ठाकुर प्रसाद न्यौपाने,देवराज लामा, रमेश प्रसाद हुमागाई र शंकर दास लामाको उम्मेदवारी परेका छन।सचिब पदका लागि ४ जनाको उम्मेदवारी परेको छन,गुणराज मोक्तान,कमल बहादुर तामाङ,दिनेश भुर्तेल र माधव प्रसाद ढकालको उम्मेदवारी परेका हुन।

सहसचिबका लागि ४ जनाको उम्मेदवारीहरु बिनोद गौतम,रन्जीब श्रेष्ठ, रविन्द्रनाथ सिग्देल र समीर ब्याञ्जु श्रेष्ठको उम्मेदवारी परेको हुन।प्रत्यक्ष तर्फको सदस्यमा ४ को जनाको उम्मेदवारी परेको छन,उत्तम काफ्ले, बद्रिनाथ लुइटेल, बद्रि प्रसाद खकुरेल,र यादव प्रसाद सापकोटा हुन।

त्यस्तै जिल्ला कार्यसमिति सचिवमा गुणराज मोक्तान र माधब प्रसाद ढकाल विजय हुनुभएको छन्।सह-सचिवमा रविन्द्र सिग्देल र समीर व्याञ्जु श्रेष्ठ बिजय भएका छन।

अर्का सभापति उमेदवार अच्युत पौडेललाई ८७६ मतान्तरले पछिपर्दै तिर्थ लामा सभापतिमा बिजयी भएको हो।आइतबार सर्वजानिक भएको मत जम्मा २४६८ मत खसेकोमा लामाले १६४६ मत प्राप्त गर्नुभएको छन्।भने अच्युत पौडेलले ६४३ मत पाएका छन्।

त्यसैगरी तिर्थ लामाको समुहबाट उपसभापतिमा रमेश प्रसाद हुमागाईले १३४६ र ठाकुर न्यौपाने १२३७ मत प्राप्त गर्दै उपसभापतिमा बिजयी हुनुभएको छन्।अर्का उपसभापतिको उमेदवार गोबिन्द बहादुर थापाले ६०६ मत र शंखर दास लामाले ५६० मत देवराज लामाले २०७ पाएका छन् ।

त्यसैगरी जिल्ला कार्यसमिति सचिव गुणराज मोक्तानले १२४६ प्राप्त गर्नु भएको छन् भने माधब प्रसाद ढकालले १२५४मत प्राप्त गर्नुभएको छ।अर्का सचिव पदको उमेदवार दिनेश बुर्तेलले ७२४ मत पाएका छन भने कमल बहादुर तामाङले ६८९ मत पाएका छन्।

यस्तै सह- सचिव रविन्द्रनाथ सिग्देलले १२४६ मत प्राप्त गरेका छन्।भने समीर व्याञ्जु श्रेष्ठले १२९६ प्राप्त गर्दै सह- सचिवमा निर्वाचित भएका हुन्।अर्का प्यानलका उमेदवार रन्जिव श्रेष्ठले ७४३ र बिनोद गौतमले ६४८ मत पाएका छन्।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …