तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत

सोलुकी चेली निरौला महाधिवेशन प्रतिनिधि सिन्धुली।नेपाली कांग्रेस सिन्धुलीको महाधिवेशन प्रतिनिधिमा ईन्दिरा निरौला विजयी हुनुभएको छ।

६ गते जिल्लाको सम्पन्न १४ औं जिल्ला अधिवेशनबाट सोलुखुम्बुमा जन्मेकी निरौला ४०४ मतसहित विजयी हुनुभएको हो।

उहाँ कसैको साथ नपाएर एक्लै महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गर्दा दोस्रो स्थानको मतसहित महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको हो।

खुल्ला ११ जना महिलामा उहाँले त्यत्रो हिम्मत गरि मत ल्याएर विजयी हुनु सोलुखुम्बुको कांग्रेसलाई नि गौरव लागेको नेताहरूले भन्नुभएको छ।

आगमन खबरसँग कुराकानी गर्दै निरौलाले भन्नुभयो।”म लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधिमा विजयी भएको छु।”महिलामा जसले बढीमत ल्याउछ उ महासमिति सदस्य बन्ने भएकाले म सिन्धुलीको महासमिति सदस्य बनेकी छु।अब बाग्मती प्रदेश सदस्यको उम्मेदवार हुनेछु।

नेत्री निरौलाले भन्नुभयो विश्वास गरि महाधिवेशन प्रतिनिधिमा विजयी गराउनु भएकोमा सबैप्रती धन्यवाद एवं आभार प्रकट गर्दछु।आगामी दिनहरुमा सधैं सिन्धुलीका जनताको साथमा रहने प्रतिबद्धता जनाउनु भएको छ।

बाग्मती प्रदेशको प्रदेश अधिवेशन १६ गते हुने भएको छ।यस प्रदेशमा १३ जिल्ला रहेको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …