तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै ९ दिनदेखि नियमित मुद्दा सुनुवाइ बहिष्कार गरेका सर्वोच्चका १९ न्यायाधीशहरू तिहारलगत्तै सशक्त आन्दोलनमा उत्रने भएका छन् । प्रधानन्यायाधीशको बहिर्गमनको मुख्य सर्त राखेर इजलास बहिष्कार गरेका न्यायाधीशहरू सोमबार इजलास फर्केर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गरेका थिए ।

प्रधानन्यायाधीशले मुद्दा नहेर्ने सर्तमा बन्दी प्रत्यक्षीकरण रिट हेरेका न्यायाधीशहरू मंगलबार पुनः छलफलमा जुटेसँगै तिहारलगत्तै आन्दोलनलाई थप सशक्त बनाउने निष्कर्षमा पुगेका हुन् । ‘हामीले प्रधानन्यायाधीशको सर्त पनि हे¥यौं, उहाँले सम्मानजनक बहिर्गमन चाहेको न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मासँग प्रस्ताव राख्नुभयो,’ एक न्यायाधीशले भने, ‘हामीलाई के शंका लाग्यो भने उहाँको यस्तो प्रतिबद्धता आउने तर कार्यान्वयनमा शंका देखेपछि हामीले तत्काल प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने निष्कर्ष निकाल्यौं ।’

प्रधानन्यायाधीश राणाले आफूबाहेकको इजलासमा बन्दी प्रत्यक्षीकरण रिटको मात्रै पेसी तोकिदिएपछि न्यायाधीशहरू इजलास फर्किएका थिए । गत सोमबार ६ वटा बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ भएपछि प्रधानन्यायाधीशले मंगलबार पनि ६ वटा बन्दी प्रत्यक्षीकरण रिट तोकेका थिए । तर, न्यायाधीशहरू आफूहरूलाई प्रधानन्यायाधीशले अलमलमा मात्रै राख्न खोजेको निष्कर्षपछि मंगलबारको सुनुवाइ प्रभावित हुन पुग्यो । न्यायाधीशहरूले बुधबार बन्दी प्रत्यक्षीकरण रिट मात्रै हेर्ने र तिहारपछि आन्दोलनको कार्यक्रम लिएर आउने निष्कर्ष निकालेका छन् ।

९ दिनदेखि प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गरिरहेका थिए । सुरुमा फुलकोर्ट बैठक बहिष्कार गर्नेमा सर्वोच्चका १४ न्यायाधीश थिए । प्रधानन्यायाधीशको विपक्षमा अहिले सर्वोच्चका १९ न्यायाधीश एक जुट भएर उभिएका छन् । न्यायाधीशहरू प्रधानन्यायाधीशको राजीनामा नआएसम्म नियमित मुद्दा नहेर्ने निचोडमा पुगिसकेका छन् । यता प्रधानन्यायाधीश राणा राजीनामा नदिने बरु सुनुवाइका लागि इजलास तोकिरहने मनस्थितिमा छन् ।

आजसम्म प्रधानन्यायाधीशलाई राजीनामा दिन अल्टिमेटम

तिहारलगत्तै हामी देशभरका बार इकाइसँग संवाद र छलफल गर्छांै, त्यसपछि हाम्रो आन्दोलनको रणनीति तय हुनेछ

चण्डेश्वर श्रेष्ठ, अध्यक्ष, नेपाल बार

नेपाल बार एसोसिएसनले बुधबारसम्म प्रधानन्यायाधीश राणाले निकास नदिए थप आन्दोलनका कार्यक्रम घोषणा गरेर जाने बताएको छ । मंगलबार नेपाल बार एसोसिएसनको प्रांगणमा भएको विरोध सभामा बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले तिहारपछि आन्दोलन गर्न सडकमा जानुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

’तिहार लगतै हामीले देशभरको बार इकाइसँग संवाद र छलफल गर्छांै,’ अध्यक्ष श्रेष्ठले भने, ‘त्यसपछि हाम्रो आन्दोलनको रणनीति तय हुनेछ ।’

‘हामीले प्रधानन्यायाधीशको सहज बहिर्गमन होस् भनेर सोचिरहेका छौं तर उहाँले अड्डी कसेमा हामी सडक आन्दोलनमा नागरिकसँगै हातेमालो गरेर अगाडि बढ्नपर्ने हुन सक्छ,’ श्रेष्ठले भने ।

वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्मानजनक बहिर्गमन हुन नसक्ने जिकिर गरेका छन् । दाहालले न्यायालयलाई विवादमा ल्याउने प्रधानन्यायाधीशको सम्मानजनक बहिर्गमन कसरी हुन्छ भनी प्रश्न गरे । ‘संस्थाको गरिमालाई कायम राख्न नसक्नेले राजीनामा दिएर निकास दिने हो,’ वरिष्ठ अधिवक्ता दाहालले भने, ‘सम्मानजनक बहिर्गमन खोज्ने होइन ।’

न्यायालयको समस्या त्यहीँभित्रबाट समाधान होस्: कानुनमन्त्री

कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले स्वतन्त्र न्यायपालिकाभित्र देखिएको विवादमा सरकारले हस्तक्षेप नगर्ने बताएका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री बडुले सरकारले न्यायपालिकामा हस्तक्षेप नगर्ने बताए । ‘स्वतन्त्र न्यायपालिकामा देखिएको समस्या त्यहीबाट हल होस् भन्ने सरकार चाहन्छ, उनले भने, नागरिकको आस्था र विश्वासमा कमी आउन दिन्न हुन्न ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …