तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ३३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ६२२ मा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा सङ्क्रमण दर १९.१ प्रतिशत छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५२४ रहेका छन् । 

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला ९ र २०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला १९ पुगेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की र रुपन्देही रहेका छन् । 

पछिल्लो २४ घण्टामा दुई हजार ८३० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सात लाख ५४ हजार सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५.९ प्रतिशत रहेको छ । 

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको ११ हजार ५३ पुगेको छ । नेपालमा प्रति १० लाखमा ३७२.५ सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क छ । 

यस्तै मन्त्रालयका अनुसार ३३५ जना सघन उपचार कक्ष (आइसियु), १०७ जना भेन्टिलेटर, २० हजार १६४ जना होम आइसोलेसन, एक हजार ३६० जना संस्थागत आइसोलेसन र २५० जना क्वारेन्टिनमा छन् । आज नेपालमा ५५ हजार २४२ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ६२ लाख ३० हजार ८२३ ले पहिलो मात्रा र ५६ लाख २८ हजार ७९२ ले पूर्ण मात्राको खोप लगाइसकेका छन् । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …