तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिदै हुनुहुन्छ । आज अपरान्ह ४ बजे बस्न बोलाइएको प्रतिनिधिसधा संसद अधिवेशनमा विश्वासको मत लिन लाग्नुभएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले लिन लाग्नुभएको विश्वासको मतको प्रस्ताव कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख अग्निप्रसाद सापकोटामार्फत संसद सचिवालयमा समेत दर्ता भइसकेको पनि उहाँले बताउनुभउको छ ।

गत जेठ ८ गते विघटित प्रतिनिधिसभा असार २८ गतेको सर्वोच्च अदालतको फैसलाले पुर्नस्थापित गरेको थियो । असार २९ गते राष्ट्रपतिबाट पदभार तथा गोपनियताको सपथ लिनुभएको प्रधानमन्त्री देउवाले आज पहिलो पटक बस्न लागिएको प्रतिनिधिसभा संसदमा नै विश्वासको मत लिन लाग्नुभएको हाे ।

संसदमा हाल कायम रहेको २७१ सांसदमा विश्वासको मत लिन प्रधानमन्त्री देउवालाई कम्तिमा १३६ मतको आवश्यक पर्छ । काँग्रेसको ६१, माओवादीको ४९ गरी ११० संख्या पुग्छ । त्यस्तै उपेन्द्र यादव पक्षको जनता समाजवादी पार्टी (जसपा) नेपालसँग अहिले १२ सांसद छन् । थप पाँच साँसद महन्थ ठाकुर पक्षबाट आएको सो पक्षले दावी गरेको छ । यस हिसावले उपेन्द्र पक्षसँग १७ सांसद पुगेका छन् । सो पक्ष पाँच दलीय गठबन्धनमा रहेकाले देउवासँग १२७ सांसद सहज उपलब्ध छन् ।

विश्वासको मत लिनका लागि प्रधानमन्त्री देउवालाई थप ९ सांसदको आवश्यकता पर्छ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सहयोग गर्ने अपेक्षा देउवालाई छ । नेपालसँग २३ सांसद रहनुभएको छ । प्रधानमन्त्री देउवाले पहिलो बैठकबाटै विश्वासको मत लिने तयारी गर्नुभएपछि नेता नेपाल पक्ष थप दवावमा परेको छ । विघटित कार्यदलका सदस्यहरु विश्वासको मत दिने नदिने विषयमा छलफल गर्न अहिले कोटेश्वर पुग्नुभएको छ । एमाले संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

सरकार विस्तार गर्नुअघि प्रधानमन्त्री देउवाले विश्वासको मत लिनुलाई काँग्रेसले सहज मानेको छ । सरकार विस्तार भएपछि मन्त्रीका आकांक्षी सांसदहरु रुष्ट हुनसक्ने अनुमान सो दलको छ । संविधानले बढीमा २५ जनामात्र मन्त्री बनाउन सक्ने बाध्यात्मक प्रावधान गरेकाले आकांक्षी धेरै भएपछि सबैलाई मन्त्रालयको जिम्मेवारी दिनसक्ने सुविधा प्रधानमन्त्रीलाई छैन । अहिले एमालेको नेपाल पक्षको सहयोग हुने प्रतिवद्धता रहेकैबेला विश्वासको मत लिन सके डेढ वर्षसम्म सरकारको आयु सुनिश्चित हुने बुझाई काँग्रेसको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …