काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ६४ लाख डोज खोप आउने पक्का भएको जानकारी दिएको छ । चीनसँग खरीद गरिएको ४० लाख डोज खोपमध्ये ३२ लाख डोज साउन १५ गतेसम्ममा आइपुग्ने र थप ३२ लाख खोप आउने निश्चित भएको भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।
सरकारले चीनको खोप निर्माता कम्पनी सिनोफार्मसँग ४० लाख डोज ‘भेरोसेल’ खोप खरीद गर्ने सम्झौता गरेको थियो, जसमध्ये ८ लाख डोज गत असार २४ गते आइपुगेको थियो । दोस्रो चरणको खोप साउन ६ गते आइपुग्ने भन्दै मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले असार १५ गतेसम्ममा सबै खोप आइपुग्ने जानकारी दिए ।
शुक्रवार मात्रै चीनले थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने वाचा गरेको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपाललाई खोप अभियानका लागि सहयोग गर्ने बताएकी थिइन् ।
यसबाहेक जापानबाट पनि १६ लाख डोज खोप आउने पक्का भएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए । ‘खरीद गरिएको ३२ लाखसहित ६४ लाख खोप आउने पक्का भएको छ,’ उनले भने ।
हालसम्म प्रत्यक्ष अनुदानमा प्राप्त २९ लाख, कोभ्याक्स अन्तर्गत १८ लाख ८२ हजार र खरीद गरिएको १८ लाख गरी ६५ लाख ८२ हजार डोज खोप आइसकेको छ । नेपालमा भारतले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ खोपबाट खोप अभियान शुरू गरिएकोमा हालसम्म २७ लाख ६५ हजार ७०९ ले लगाएका छन् । भारतले अनुदानमा उपलब्ध गराएको, भारतीय सेनाले नेपाललाई सहयोग गरेको, कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध र नेपालले खरिद गरेकोमध्येबाट हालसम्म २२ लाख ८८ हजारले कोभिशिल्ड र १३ लाख ९७ हजारले चीनबाट ल्याइएको खोप भेरोसेल लगाएका छन् । अमेरिकी सहयोगमा प्राप्त १६ लाख खोप पनि साउन ४ गतेदेखि लगाउन शुरू गरिने मन्त्रालयले बताएको छ ।
भेरोसेलको दोस्रो मात्रा सहज उपलब्ध हुने देखिए पनि यसअघि पहिलो मात्रा लगाएका १८ लाख २८ हजार जनाले कोभिशिल्डको दोस्रो मात्रा लगाउन पाएका छैनन् । १८ वर्ष माथिका सबैलाई खोप लगाउनेगरी खोप आउन लागेको भन्दै मन्त्रालयका सहप्रवक्ता अधिकारीले कोभिशिल्डको दोस्रो मात्रा लगाउन पुग्नेगरी उक्त खोप समेत आउन लागेको बताए ।
अभियान दैनिकमा खबर छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …