तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ ।पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय १० जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर परीक्षणबाट १३ सय १० र एन्टिजेन परीक्षणबाट ५ सय ६५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा १० हजार ६६ जनमा परीक्षण भएको थियो । तीमध्ये ६ हजार ८ सय ५८ जनामा पीसीआर र ३ हजार ३ सय ८ जनामा एन्टिजेन परीक्षण गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ६ लाख ६५ हजार ८ सय ८६ पुगेको छ । यस्तै, २४ घन्टामा २ हजार १ सय ६४ जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोनबाट निको हुनेको संख्या ६ लाख ३० हजार ४ सय ७ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको समेत गरेर थप शनिबार २१ जना मृतक थपिएका छन् । हालस्मम नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय २७ छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ९ सय ५२ जना छन् । यस्तै, ३ सय ३७ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …