तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएका अभियोगमा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठसमेत तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भनी सेवाग्राहीबाट प्रहरी हवल्दार श्रेष्ठले ६० हजार घुस लिएको पाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार घुस लिइ एक रेष्टुरेन्ट सञ्चालकलाई राख्न दिइएको थियो । गत फागुन २३ गते प्रहरी हवल्दार श्रेष्ठ र रेष्टुरेन्ट सञ्चालक अनिश श्रेष्ठलाई पक्राउ गरेको थियो ।  अनुसन्धानका क्रममा उनीहरुले घुस लिएकोसमेत स्वीकार गरेका छन् । आयोगले थुनामा रहेको व्यक्ति छुटाउन सेवाग्राहीबाट जोशीले रकम लिइ प्रहरी हवल्दार श्रेष्ठलाई दिइएको पाइएको छ ।

आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कार्यालय सहयोगी राम खड्कासमेत सो प्रकरणमा जोडिएको ठहर गरेको छ । आयोगले तीनै जनाविरुद्ध बिगो अनुसारको माग दाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …