तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसले देशका विभिन्न भागमा बाढी पहिरोलगायत विपत्का घटनाबाट भएको जनधनको क्षतिका तथ्याङ्क सङ्कलन तथा बाढीपहिरो पीडितलाई राहत कार्यमा सहयोग गर्न सक्रियता देखाएको छ ।

बाढी, पहिरो पीडितलाई राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले कांग्रेसले हालै गठन गरेको ‘बाढी पहिरो विपद् व्यवस्थापन समन्वय समिति’ ले आज पूर्णता पाएसँगै कार्य शुरु गरेको हो ।

कांग्रेस केन्द्रीय समितिको यही असार ४ मा भएको बैठकले पार्टीका केन्द्रीय सदस्य, खेलकूद विभागका प्रमुख एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी समितिलाई पूर्णता दिई काम शुरु गरिएको जनाएको छ ।

समितिको बैठकले पीडितलाई राहत उपलब्ध गराउने तथा विपत् व्यवस्थापन र सहजीकरणका लागि अवधारणा सरकारलाई बुझाउने जनाएको छ । समितिका संयोजक बस्नेतले नेपालमा वर्षेनी बाढी परिहलोलगायत विपद्जन्य घटना हुने भएकाले चालू आर्थिक वर्षदेखि हरेक वर्ष विपद्का घटनाको तथ्य सङ्कलन तथा राहत वितरणमा सहजीकरण गर्न समितिले निरन्तररुपमा काम गर्ने बताउनुभयो । 

यो वर्ष मनसुन शुरु भएयता हालसम्म देशका ३२ जिल्लामा ५६० पूर्ण र १५४ आंशिकरुपमा घरधुरी क्षति भएको तथा २९ जिल्लामा ५९ जना मानवीय क्षति भएको समितिले जनाएको छ ।काँग्रेसले विपद्का घटनाका पीडित परिवारलाई जनही रु २५ हजार दिने घोषणा गरेको थियो ।

अझै बाढी पहिरोको जोखिम कायमै रहेकाले राहत कसरी उपलब्ध गराउने, विपद्को सम्भावित जोखिम न्यूनीकरणमा सहयोग गर्ने भन्नेबारे समितिले स्पष्ट खाका तयार गर्नेछ, हामीमार्फत सहयोग गर्न विदेशमा रहेका नेपाली दाताले पनि चासो देखाउनुभएको छ, यसरी सङ्कलन हुने सहयोगलाई कसरी सही ढङ्गले परिचालन गर्ने भन्नेबारे निर्णय गर्छौं”, समितिका संयोजक बस्नेतले भन्नुभयो । 

समितिमा मनोनीत पदाधिकारी तथा सदस्यलाई संयोजक बस्नेतले मनोनयनपत्र वितरण गर्नुभएको थियो । सहसंयोजकमा सांसद दिव्यमणिराज भण्डारी, सचिवमा केन्द्रीय सदस्य किरण गिरी र कोषाध्यक्षमा केन्द्रय सदस्य कल्पना चौधरी रहनुभएको छ । 

समितिको सदस्यमा आमन्त्रित केन्द्रीय सदस्य भूमिबहादुर (विश्व) गुरुङ, सांसदहरु रामबहादुर विष्ट, राजीवविक्रम शाह, तीर्थबहादुर लामा तथा पूर्वसांसदहरु बहादुरसिंह थापा र ललितजङग शाही रहनुभएको छ । त्यस्तै देवराज चालिसे र नगिना यादव हुनुहुन्छ । बस्नेतले समितिको आमन्त्रित सदस्यमा जनार्दन नेपाल, दीर्घबहादुर केसी र चेतनाथ खनाललाई मनोनयन गर्नुभएको छ । समितिको पहिलो बैठक आजै बसेर थप निर्णय गर्नेछ ।     

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …